Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

इलाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिने बताएका छन्।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण बनाउन सरकार लागिपरेको जानकारी दिए।

‘सरकारले गृहकार्य गरिरहेको छ। प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’  उनले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ। यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुवात हुन्छ।

 

रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको, तर त्यसलाई तोडेरै छाड्ने उनको भनाइ थियो।  अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने उनको दाबी छ।

 

‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्,’ उनले भने, ‘तर, यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउनेछ। र, त्यो लहरले ०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।’ पुराना दलले वर्षौँसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई भोट नदिन र मत  बदल्न आग्रह गर्दै लामिछानेले भने, ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस्। तर, मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनुपर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने वेला भइसक्यो।’

उनले मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह गरेका छन्। चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफू आबद्ध वा माया गर्ने दललाई सुध्रन दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिए।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौँदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरूको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com