Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धौलागिरी अस्पतालका मेसु प्रधानमाथी अभद्र व्यवहार

  • ३ वर्ष अगाडि

बागलुङ । धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रविरञ्जन प्रधानमाथी अस्पताल व्यवस्थापन समितिका सदस्यले अभद्र व्यवहार गरेका छन् ।

व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बिहिबार दिउँसो करिब ४ः३० बजेको समयमा कार्यकक्षमै पुगि मेसु प्रधानमाथी हातपातको प्रयास गरेको बताइएको छ । उनीमाथी अभद्र व्यवहार गर्नुको कारण भने खुल्न सकेको छैन ।

आफुमाथी अभद्र व्यवहार भएपछि मेसु प्रधानले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

आफु डिउटीमा रहेको समयमा अभद्र व्यवहार भएको भन्दै अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठलाई कार्वाहीको माग गर्दै उजुरी दिएका हुन् । श्रेष्ठले मेसु प्रधानमाथी पटक–पटक अभद्र व्यवहार गर्दै आएको बताइन्छ ।

यस बारेमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिमको कार्वाही हुने बताए ।

‘हामी कहाँ निवेदन परेको छ, अहिले छलफलमा छौँ ।’ उनले भने–‘अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिम कार्वाही हुन्छ ।’

उनले डाक्टरको सुरक्षाको लागि आफु प्रतिबद्ध रहेको बताउँदै कार्वाहीको लागि प्रक्रिया अघि बढाइने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा नौ जुवाडे पक्राउ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com