Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा बैशाख १५ गते थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन हुदैँ

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ । शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङमा गठित थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन बैशाख १५ गते हुने भएको छ । चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनाका बैशाख १५ गते बागलुङ बजारमा थ्री जिरो क्लबको प्रथम सम्मेलन गर्न लागेको पत्रकार सम्मेलन गरि  जानकारी गराएको हो ।

थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा.मोहम्मद युनुसले ल्याउनु भएको हो । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लवहरु गठन भई परिचालीत रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

सम्मेलनमा ५६ क्लवका सम्पूर्ण संयोजक, सहसंयोजक, सदस्य, विद्यालयका प्रध्यानध्यापक, गरि २८०, फोकल शिक्षक, केही सिर्जनशिल युवाहरु, जनप्रतिनीधि लगाएत गरि करि ४ सय जनाको उपस्थितीमा थ्रि जिरो क्लवको प्रथम जिल्ला सम्मेलन गर्न लागिएको चण्डी प्रसाद शर्मा पौडेलले बताउनुभयो ।

सो अवसरमा पौडेलले वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकास कार्यक्रमको अवधारण, यसको आवश्यकत, महत्व, सुचक र सञ्चालन हुने क्रियाकलाप तथा थ्रि जिरो क्लवको अवधारण, थ्रि जिरो क्लव किन रु नेपाली युवाका वर्तमान समस्या, चुनौती र अवसरथ्रि जिरो क्लवले गर्ने क्रियाकलाप, स्थानीय तहसंगको सम्वन्ध लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

गरिबी बेरोजगारी र कार्वन रहीत समाजको सृजना गर्ने उदेश्यले चारतारे युवा क्लब नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले बागलुङले जिल्लाका बिभिन्न बिद्यालय तथा क्याम्पसमा थ्री जिरो क्लब गठन गरिरहेको छ ।  संस्थाले वातावरण मैत्री नमुना गाउँ बनाउनका लागि ९ वटा गाउँको आधारभूत सर्वैक्षण गरिरहेको समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम सिवाईसी नेपालका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सीता सापकोटाको स्वागत र सहकारीका सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com