बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ का किसान तथा भक्तजनहरुले लामाे समयसम्म पनि पानी नपरेका कारण मंगलबार बिहान ८ बजेदेखि भगवानका नाममा अखण्ड किर्तन लगायका छन।
लामाे समयसम्म आकाश बाट पानी नपरेको कारण खेती किसानी गर्ने किसानलाई खेती गर्न सकस भएपछि पानी पार्नकाे लागि अखण्ड किर्तनकाे साहारा लिने पुरानो परम्परा अनुसार भगवानकाे नाममा भजन किर्तन गरेको स्थानीयकाे भनाइ छ ।
किर्तनमा बागलुङ बजार तथा आसपासका क्षेत्र बाट समेत भक्तजनकाे उपस्थित रहेकाे थियो ।
लामो समयसम्मकाे खडेरीकाे मारमा परेका किसानहरू अर्को तर्फ लगातार रूपमा भइरहेको बन डढेलाेकाे शिकारकाे कारण वातावरण समेत दुसित भएपछि थप मर्कामा परेका छन् ।