Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

राष्ट्रिय राजमार्गमा भएको ढिला सुस्तीप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । राष्ट्रिय राजमार्गमा भएको ढिला सुस्तीप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउने  निर्णय तेस्रो जिल्ला सभाले गरेको छ ।

बागलुङमा मध्यपहाडी सडक अन्तर्गत तीन वटा राष्ट्रिय राजमार्ग छन् जस्मा  लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन पर्छन ।  तिनै राजमार्गमा निर्माण व्यवसायीले लामो समयदेखि ढिला सुस्ती गर्दा समयमै काम नसकिएपछि जिल्ला सभालेनै सरोकारवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

सोमबार जिल्ला समन्वय समिति बागलुङले पत्रकार सम्मेलन गरि जिल्ला सभाको निर्णय सार्वजनिक गरेको छ । सभाले राष्ट्रिय लोकमार्गसहित कुश्मीसेरा बरेङ–शान्तिपुर सडकको प्रथम खण्ड, लगायत जिल्लाभर संचालित प्रादेशिक सडक, भवन, खानेपानी योजना र पुलहरु निर्माण गर्न ढिला सुस्ती गर्ने निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–१० गलुवामा निरन्तर रुपमा पहिरो जाने र वर्षातको समयमा सडक अवरुद्ध हुँदा दक्षिण भेकका नागरिकलाई आवतजावतमा कठिनाई हुने गरेकोले पहिरोको रोकथाम गरी सडक सुचारु गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध सभाले निर्णय गरेको प्रमुख थापाको भनाइ छ । सडक अवरुद्ध हुँदा तत्काल आवतजावतको लागि वैकल्पिक मार्गको खोजी गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत निर्णय गरेको उहाँले बताउनुभयो ।

जिल्ला भित्र संघ प्रदेश अन्तरर्गतका कार्यालयहरु तथा स्थानीयतह र गैर सरकारी संघ संस्थाहरुबाट यस चालु आर्थिक वर्षमा सम्पन्न गर्न बाँकी रहेका योजना तथा कार्यक्रमहरु गुणस्तरीय रुपमा समयमै सम्पन्न गरी शत प्रतिशत प्रगती हाँसिल गर्ने व्यवस्था मिलाउने सभाको निर्णय गरेकोथापाले बताउनुभयो । सभाले जिल्लाको महत्त्वपूर्ण गौरवको परियोजनाको रुपमा रहेको ढोरपाटन जलासययुक्त विद्युत परियोजना र कालिगण्डकी “बि“ विद्युत परियोजना निर्माण कार्य प्रारम्भ गर्न ढिला सुस्ति भएको पाइएकाले तत्काल परियोजना निर्माण कार्य अगाडी बढाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

स्थानीय तहहरुले योजना तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्दा पूर्वाधार विकासलाई बढि प्राथमिकतामा राखि शिक्षा, स्वास्थ्य, कृषि, पशुको क्षेत्र पछाडि परेको जनगुनासो प्राप्त भएकाले आगामी आर्थिक वर्षमा बजेट निर्माणमा शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रलाई समेत प्राथमिकतामा राखि योजना तथा कार्यक्रम बनाई बजेट विनियोजनको व्यवस्था मिलाउनेसमेत सभाले निर्णय गरेको छ ।

जिल्लाका केही स्थानहरुमा हालसम्म पनि विद्युतको केन्द्रीय प्रशासन लाईन विस्तार हुन नसकेकाले उक्त क्षेत्रका बासिन्दाहरु अहिले पनि अन्धकारमा बस्न बाध्य भएकाले बिद्युत नपुगेका सबै स्थानमा विद्युतको केन्द्रिय प्रशारण लाईन विस्तार गर्न र विद्युत प्रशारण लाईनको कार्य विस्तार प्रारम्भ गरेका स्थानहरुमा यथाशिघ्र कार्य सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुरोध निर्ण गरेको थापा बताउनुहुन्छ ।

विभिन्न स्थानहरुमा विभिन्न किसिमका खानीजन्य पदार्थ उत्खननको संभावना रहेकाले उत्खनन्को लागि खानीहरुको संभाव्यता अध्ययन तथा कानुनी प्रक्रिया पुरा गरी खानीहरुको उत्खनन गर्ने कार्य अगाडि बढाउन केन्द्र सरकार र प्रदेश सरकारलाई अनुरोध निर्णय भएको उहाँको भनाइ छ । आन्तरीक तथा बाह्य पर्यटनको संभावना रहेको जिल्ला भएकाले जिल्ला भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान र प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सम्बन्धित नियकायको ध्यानाकर्षण गराउने जिल्ला सभाले निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com