Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दिलिसा मृत्यु प्रकरण : प्रहरीको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक, भिसेरा रिपोर्ट आउँन बाँकी

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । काठेखोला गाउँपालिका १ खहरेकी १७ वर्षिय बालिकाको जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाटको आयोजना गरि प्रारम्भिक नतिजाबारे जानकारी गराएको हो ।

प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको बताउदै धौलागिरि अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बालिकाले झुण्डिएर मृत्यु भएको पाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले ‘ह्याङ्गीङ भन्ने रिपोर्ट रहेको र भिसेरा रिपोर्ट नआएसम्म अझै केही भन्न सकिँने अवस्था नरहेको भन्दै ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको बताउनु भयो।

प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेकोले सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रहरीका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर मा.विको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएका प्रहरी प्रमुख कँडेलले बताउनु भयो ।

मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको जानकारी दिनु भयो ।

प्रहरीले घटनाको छानविनमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com