Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दिलिसा मृत्यु प्रकरणबारे अन्तर पार्टी महिला सञ्जालद्धारा प्रजिअको ध्यानाकर्षण

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ ।अन्तर पार्टी महिला सञ्जाल बागलुङले दिलिसा भण्डारी (दिक्षा) को रहस्यमयी मृत्युको घटनाप्रति प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन ध्यानाकर्षण पत्र बुझाउदै घटना कसरी घट्यो, घटना घट्नुको कारण के हो लगायतका विभिन्न विषयहरुमा सत्य तथ्य छानविन गरी दोषी उपर कारवाहीको माग गरेको हो । नेपालको प्रचलित कानुन, ऐन बमोजिम कडा भन्दा कडा कारवाहीको भाग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सम्वन्धीत निकायको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौं ध्यानाकर्षण पत्रमा उल्लेख छ।

उक्त घटनापश्चात जिल्लामा देखिएका विभिन्न परिघटनाहरुले रहस्यमय मृत्युको घटना थप पेचिलो बनिरहेको भन्दै यथासिघ्र घटनाको छानविन गरी दोषीलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउँनका लागि अन्तर पार्टी महिला सञ्जाल वागलुङले माग गरेको छ ।

नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत दफा १६ को ९१० मा उल्लेख भए बमोजिम प्रत्यक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने र दफा १८ बमोजिम समानताको हक लगायतका संवैधानिक हक अधिकार रहँदा रहँदैपनि मुलुकमा स्थापित पितृसत्तात्मक सोंच र व्यवहारले आजपनि महिला दिदी बहिनीहरु विभिन्न कारणले अपहेलित हुने, बलात्कृत हुने, निर्दोष रुपमा ज्यान गुमाउँनु परिरहेको अवस्था रहेको सञ्जालको ठहर छ ।

जिल्लामा यसपूर्व भएका रुपा गौतम हत्या काण्डदेखि दर्जनौ महिलासँग प्रत्यक्ष जोडिएका घटनाहरुको वास्तविक अनुसन्धान प्रतिवेदन सार्वजनिक नहुँदा र दोषी माथि कारवाही नहुँदा कतै दिलिसाको घटना यस्तै हुने त होइन, अझैपनि महिलालाई न्याय दिन डगमगाई रहेको वा पूर्वाग्रही भएको त होइन भन्ने आशंका उब्जिएको जनाइएको छ ।

ध्यानाकर्षण पत्र सञ्जालका अध्यक्ष सीता सापकोटा र सचिव हुमा देवी खड्काले बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई बुझाउनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com