Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ हो’

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुख्य आधार स्तम्भ भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बागलुङले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले लोकतन्त्रलाई कमजोर बनाउनका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हुने गरेको बताए ।
‘लोकतन्त्रलाई कमजोर बनाउनका लागि सबैभन्दा पहिले प्रेसमाथि आक्रमण हुने गरेको उदाहरण देखिन्छ,’ कार्यक्रममा सहभागीले भने,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सरोकारलावा सबै निकाय र क्षेत्रले ध्यान दिनुपर्छ ।’ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रेस स्वतन्त्रतालाई नागरिकको जीवन परिवर्तन गर्ने आधारको रुपमा अगाडि बढाउनुपर्ने बताए । ‘प्रेसले आम नागरिकको अधिकारका लागि आवाज उठाउनुपर्छ,’उनले भने,‘समाजलार्य सुसूचित र प्रेरित गर्दैै सत्मार्गमा डो¥याउने काम पत्रकार र पत्रकारिता क्षेत्रको हो ।’ पत्रकारले पनि पत्रकारिता गर्दा मर्यादाको ख्याल गर्नुपर्ने बताए ।
‘पत्रकारहरुले पनि प्रेस स्वतन्त्रताको उयोग गर्दा यसको मर्यादा र सिमाहरुको ख्याल गर्नुपर्छ,’उनले भने,‘व्यवसायिक मर्यादामा रहेर गरिएको पत्रकारितालाई कसैलाई क्षणिक चित्त नबुझे पनि सिंगो समाजको हित गरिरहेको हुन्छ ।’ गलत कुरामा खबरदारी गर्ने राम्रा उदाहरणलाई प्रचार प्रसारमा मिडियाले सघाउनुपर्ने उनको भनाई छ । ‘काम गर्ने क्रममा गल्ती कमजोरीहरु पनि भएका हुनसक्छन्, त्यसमा खबरदारी गर्ने काम पनि मिडियाले गर्नुपर्छ,’उनले भने,‘कतिपय राम्रा अभ्यासहरु पनि भएका छन् । त्यसलाई प्रचार प्रसार गरी नागरिक समक्ष पु¥याउनका लागि पनि सञ्चार जगतले सहयोग गर्नुपर्छ ।’
उनले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्न बागलुङ नगरपालिका सदैव तयार रहेको समेत प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव एवं बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पत्रकारिता क्षेत्रलाईमा देखिएका कतिपय खराब तत्वले सिंगो पत्रकारिता क्षेत्रलाई नै अप्ठ्यारोमा पार्ने गरेको बताईन् । ‘पत्रकारिता पेशा सत्यतथ्यमा आधारित हुन्छ भन्ने विश्वास हो, तर कहिलेकाँही कतिपय व्यक्तिहरुले सत्यता बिना भ्रम फैल्याउने काम गरिदिंदा सिंगो पेशाप्रति नै आशंका उब्जने अवस्था आउँदो रहेछ,’थापाले भनिन् ।
उनले पत्रकारिता क्षेत्रको विकासका लागि बडिगाड गाउँपालिको हातेमालो गरेर अगाडि बढ्ने बताईन् । ‘लोकतन्त्रको मुख्य खम्बा र राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको विकास लागि हामी तयार छौं,’उनले भनिन्,‘गाउँपालिकाको तर्फबाट हामीले के कस्तो साथ सहयोग गर्न सक्छौं । त्यसका लागि हामी सधैं तयार रहनेछौं ।’ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि जिल्ला प्रशासन कार्यालय सधैं तयार रहेको बताए । आफु सञ्चार मन्त्रालयमा रहँदा प्रेस सम्बन्धी विभिन्न कानुनहरु निर्माण गरेर स्वतन्त्रताको ग्यारेन्टी गर्ने काम गरेको समेत उनले बताए ।
नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले आफु के हो भन्ने पहिचान पत्रकारले पत्रकारिताको माध्यमबाट दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्य, नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वरठाकुर पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारी बागलुङका उपाध्यक्ष खेमराज गौतम सुवास, प्रगतीशिल पत्रकार संघ बागलुङका अध्यक्ष विजय राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष उषा पौडेल र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए । कार्यक्रममा प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सरोकारवालाको भूमिका विषय अवधारणापत्र प्रस्तुत गरेका थिए । नेपाल प्रेस युनियनले स्थापनाको ३३ औं वर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रमका साथ मनाईरहेको छ ।
शनिबार पहिलो दिन बानपा—१ निरयघाटमा रहेको रामानुज आश्रममा ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरिएको थियो । २०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता पाउने नेपालको पहिलो पेशागत संगठन हो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com