Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आदर्श कप : पहिलो चरणको सबै खेल समाप्त

  • १ वर्ष अगाडि

बागलुङ । बाङेचौर खेल मैदानमा जारी प्रथम आदर्श कप फुटबल प्रतियोगितामा पहिलो चरण खेल सकिँदा पाहुना टोली पर्वत माविले उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने छनक देखाएको छ । सोमबार न्यु एभेरेष्ट एकेडेमीमाथि हाबी बन्दै ०–६ गोलको सानदार जित निकालेपछि फुटबलका जानकार र दर्शकले पर्वतलाई उपाधि दाबेदारको रुपमा हेरेका छन् ।

जापानमा दुई पटक यु–१४ को कोपा तोररर्स खेलको अनुभव बटुलेका गोलरक्षक विजन बस्यालदेखि एन्फा एकेडेमी बुटवलमा यु–१३ को छनोटमा परेका दिवन थापा जस्ता उत्कृष्ट खेलाडि सम्मिलित पर्वत माविले खेल अवधिभर न्यु एभरेष्टमाथि निरन्तर दबाब दिईरह्यो ।

खेलको १९ औं मिनेटमा गोल गर्दै पाहुना टोली पर्वतलाई शुरुवाती अग्रता दिएका अफरोज अलीले २७ औं मिनेटमा दोस्रो गोल थपे । न्यु एभरेष्टलाई निराश बनाउन अलीले ४ गोलको योगदान गर्दा नविन काफ्ले ३३ औं र दिवान थापाले ४६ औं मिनेटमा एक÷एक गोल गरे ।

सेभेन ए साइड प्रतियोगितामा जमिरहेका पर्वत माविका खेलाडिलाई बाङेचौर खेल मैदानमा अफसाइड ट्याक मिनाउन केही असहज भएपनि उत्कृष्ट खेल प्रर्दशन गर्दे फुटबल पारखीको मन जितेका छन् । पर्वतले अब मंगलबार हुने फ्युचर ब्राइटर आमावि विरुद्वको क्वाटरफाइनल खेल खेल्ने छ । फ्युचरले सनराइज आवासिय माविलाई ४–० गोलले स्तब्ध पार्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्युचरका लागि अर्मत शर्माले २ गोलको योगदान गर्दा निशान कार्की र आदित परियारले एक÷एक गोल गरेका थिए ।

सोमबारै सम्पन्न खेलमा सिद्वार्थ शिक्षा सदन र आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ विजयी भएका छन् । निकै प्रतिष्पर्धात्मक खेलमा रुद्रेपिपल माविमाथि ०–१ गोलको कठिन जित निकाल्दा सिद्वार्थका सचिन थापाले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बन्यो । सिद्वार्थले मंगलबार हुने क्वाटरफाइनलको खेलमा अमर आदर्श माविको सामना गर्ने छ । अमर आदर्श कुँडुले माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

न्यू ओयसिस एकेडेमी ट्राईबेकरमा अभागी बन्दा आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ क्वाटरफाइनलमा पुगेको छ । सोमबारको अन्तिम खेल निर्धारित समय गोलरहित बराबरी भएपछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आदर्श विद्यामन्दिरका गोलरक्षक नायक बन्दा जित उसको सुनिश्चित भएको हो । आदर्श १–४ गोल अन्तरले विजय भयो ।

आदर्श ‘सेतो’ले  आज  हुने खेलमा विद्यामन्दिर माविसंग प्रतिष्पर्धा गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com