बागलुङ । जिल्लाको १० वटा स्थानीय तहलाई संघीय सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट बिनियोजन गरेको छ ।
जिल्लाको ४ वटा नगरपालिका मध्य बागलुङ नगरपालिका १ अर्ब १९ करोड ६६ लाख ,गलकोट नगरपालिका ४९ करोड ८ लाख ,जैमिनी नगरपालिका ५२ करोड ७९ लाख,ढोरपाटन नगरपालिका ५० करोड ४७ लाख रूपैयाँ विनियोजन गरेको छ ।
यस्तै बागलुङ जिल्लाको ६ वटा गाउँ पालिका मध्य काठेखोला गाउँ पालिका ४३ करोड ६लाख ,बडिगाड गाउँ पालिका ५३ करोड ६४ लाख ,ताराखोला गाउँ पालिका २४ करोड ९४ लाख , तमानखोला गाउँ पालिका २० करोड ५२ लाख ,निसी खोला गाउँ पालिका ३१ करोड ९० लाख ,बरेङ गाउँ पालिका २७ करोड १२ लाख रूपैयाँ विनियोजन गरेको छ ।सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।
प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन्। समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको बडिगाड गाउँ पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताOg ।
आर्थिक बर्ष २०७९र२०८०मा बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन गरेको थियो ।
बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ। गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन गरेको थियो ।
यस्तै बडिगाड गाउँपालिकालाई रु ४८ करोड चार लाख, काठेखोलालाई रु ३९ करोड ७६ लाख, निसीखोलालाई रु ३३ करोड १२ लाख, बरेङलाई रु ३० करोड पाँच लाख, ताराखोलालाई रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ।