बागलुङ । बागलुङकाे काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लागी ५८ करोड, ७७ लाख, ३३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार १५ औ गाउँ सभामा उपाध्यक्ष तेजबहादुर थापाले उक्त बजेट प्रस्तुत गरेका थिए । कृषि तथा पशुपालनमा ४३ लाख ९५ हजार, उधोग तर्फ १३ लाख, शिक्षा तर्फ ४४ करोड, स्वास्थ तर्फ ४ करोड, सामाजिक बिकास तर्फ ८९ लाख, झोलुगे पुलका लागि १० लाख र खानेपानीको लागि २ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।