काठमाडौं , १४ असार । नक्कली भुअटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीक थापा पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा थापालाई प्रहरीले बौद्धबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको हो ।
बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए ।
तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।