Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ग्रेस इन्टरनेसनल बागलुङको ग्रीट एण्ड मीट कार्यक्रम सम्पन्न

  • २ वर्ष अगाडि

बागलुङ , २८ असार । ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रबार  नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रीट ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्वकप खेलेर भर्खरै फर्केका व्याट्सम्यान समेत रहेका ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला सवालजवाफ भएको थियो ।
उनले शुक्रबार विद्यार्थी, खेलाडी र खेल क्षेत्रका सरोकारवालाहरू बीच आफ्नो अनुभव पनि साटेका हुन । उक्त अवसरमा म्याग्दी, पर्वत र बागलुङका क्रिकेट संघ, विद्यालयका खेल टिम र खेलाडीलाई व्याट, जर्सी र खेलकुद सामाग्री वितरण गरेका थिए ।
कार्यक्रममा ऐरीसँग फोटो खिचाउनका  मानिसहरू खचाखच  उपस्थित भएका थिए । साथै, उनले ग्रेस इन्टरनेशलन सँगको सहकार्यमा वितरण गरेको बाहेक खेलाडीहरूले ल्याएका जर्सी र व्याटमा अटोग्राफ दिएका हुन।
उनले निरन्तरको मेहेनतले आँफू यो स्थानमा आइपुगेको बताएका थिए । तर जब विश्वकपको अनुभव साट्ने बेला आयो, तब ऐरीले केही नर्मस हुँदै कमीकमजोरी स्विकारेका िथए। सानो अंकले हार व्यहोर्नुपर्दा सबै खेलाडी, कोच र अफिसियलहरू नर्मस भएको समेत ऐरीले बताए । ‘केही समय त हामी चेन्ज रूममा फर्केर एकआपसमा पनि बोल्नै सकेनौं’ उनले भने, ‘अब के गर्ने, कसलाई के भन्ने भनेर निरास पनि भयौं ।’ उनले आगामी दिनका खेलका लागि केही सिकाइ लिएर फर्केको पनि बताए ।
उनले पटक पटक विश्वकप खेलेका देशसँग जित्ने कुरा जटिल थियो, तर अप्रत्यासित हार आइपरेको बताए । कतिपय खेल जितेसरह भएर पनि परिणाममा हात नपरेकोले आगामी खेलका लागि केही आइडिया सिकेर फर्केको समेत बताए ।

कार्यक्रममा म्याग्दी र बागलुङ क्रिकेट संघ, बागलुङ बजारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरूको सहभागिता थियो

कार्यक्रममा ऐरीले पर्वतका केही विद्यार्थीलाई पनि जार्सी उपहार दिएका थिए । ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बस्डरको रूपमा ऐरीले काम गर्दे आएका छन् । ग्रेसले सन् २००६ देखि क्यानडा, अमेरिका, अष्ट्रेलिया  , न्युजिल्याण्ड लगायतका देशमा जानका लागि भाषा कक्षा संचालन गर्दै आएको शाखा प्रबन्ध निर्देशक ओमकार पौडेलले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com