Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नगर खानेपानीको लापरवाही : क्लोरिन पाउण्डर सकिएको भन्दै खोलाको पानी सिधै धारामा

  • २ वर्ष अगाडि

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले खोलाको पानी सिधै उपभोक्ताको धारामा पठाएको पाईएको छ । मानव स्वास्थ्यमा खेलवाडहुने गरी संस्थाले बिना जानकारी खोलाको पानी सिधै धारामा पठाएको हो ।
नगर खानेपानी संस्थाले रिजर्भवायर ट्यांकीमा बुधबार साँझदेखि किटाणु मार्ने औषधि ९क्लोरिन पाउण्डर० प्रयोग नगरेको पाइएको हो । संस्थामा भएको पाउण्डर सकिएको र खरिद नगरेको कारण बुधबार बेलुका ६ बजेदेखि पाण्डर नहालिएको संस्थाका एक कर्मचारीले बताए । नगर खानेपानी संस्थामा क्लोरिन पाउण्डर प्रयोग गर्ने जिम्मा पाएका कर्मचारी किरणबहादुर कुमालले बुधबार बेलुकादेखि खानेपानीमा पाउण्डर प्रयोग नगरी वितरण गरिएको बताए । कुमालले संस्थामा भएको पाउण्डर सकिएको संस्थामा जानकारी गराएपनि उपलब्ध नगराएको बताए । ‘बुधबार बेलुका ६ बजेदेखि क्लोरिन पाउण्डर सकिएको हो,’ कर्मचारी कुमालले भने,‘पाउण्डर सकिन लागेको बेला र सकिएपछि पनि सुपरभाइजर, कार्यालय प्रमुख र कोषाध्यक्षलाई खबर गरेको थिएँ । कोषाध्यक्षले भए प्रयोग गर्न र नभए नगर्न भन्नुभयो ।’ पानीलाई शुद्ध बनाउनको लागि नगर खानेपानी संस्थाले दैनिक तीन पटक क्लोरिङ पाउण्डर प्रयोग गर्दै आएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलाशले चार बर्ष पहिले सुद्ध पानी वितरणका लागि परमादेश दिएको थियो । त्यस पश्चात नियमित प्रयोग हुँदै आएको पाउडर समितिमा रहेको बिबादका कारण पछिल्लो समय खरिदमै समस्या आएको एक कर्मचारी बताउँछन् ।
क्लोरिङ पाउण्डर सकिएपछि नगर खानेपानीको ‘अटोमेटिक डोजिङ पम्प’ बन्द गरिएको छ । बागलुङ नगर खानेपानीले रेशको मुहान र कालिगण्डकीबाट बागलुङ नगरपालिका–३ रात्माटा स्थित रिजर्भवायर ट्यांकीमा ल्याएको पानीलाई शुद्ध गराउनको लागि क्लोरिङ गर्दै आएको छ । पानी फिल्टर भएपनि किटाणु मारेर शुद्ध बनाउनको लागि क्लोरिङ प्रयोग गरिदै आएको कर्मचारीहरु बताउँछन् ।
कुमालले संस्थाले क्लोरिङ पाउण्डर ल्याइदिएमा आफुले प्रयोग गर्ने बताउँछन् । ‘कार्यालय र समितिले पाउण्डर ल्याइदिए मैले २४ सै घण्टा प्रयोग गर्छु,’ उनले भने,‘उहाँहरुले ल्याउन सक्नु हुँदैन मैले के गर्ने रु’ पानीमा क्लोरिङ पाउण्डर प्रयोग नगरिएपनि वितरण नरोकिएको बताए ।
खानेपानीको नयाँ समितिले रिजर्भवायर ट्यांकीको अवस्था र वितरण कसरी भइरहेको छ भनेर वास्तै नगरेको कर्मचारीको भनाई छ । ‘समितिका नयाँ पदाधिकारी र सदस्यहरु रिजर्भवायर ट्यांकीको अवस्था के छ, कस्तो छ भनेर हेर्ना नै आउनु हुँदैन’ उनले भने,‘कहिले कोही आएपनि पहिलेको समिति जस्तो खानेपानीको अवस्था के कस्तो छ भनेर बुझन अहिलेको समिति आउनु हुँदैन ।’ रिजर्भवायर ट्यांकीको पश्चिमको भागमा गत वर्ष र पूर्व तिरको भागमा यस वर्ष पहिरो गएको छ । हरेक वर्ष पहिरो जाँदा रिजर्भवायर ट्यांकी जोखिममा परेको कुमालले बताए । उनले ट्यांकी वरीपरी घेरावाल तारबार नगरिएको र पहिरोको जोखिममा हुँदा राती पानी पर्दा जागराम बस्नुपर्ने अवस्था रहेको बताए ।
संस्थाका सचिव जिवन आचार्यले क्लोरिङ पाउण्डर आउन दुई, तिन दिन लाग्ने बताए । उनले पाउण्डर सकिनु एक, दुई दिन अगाडी मात्र थाहा भएकोले काठमाडौंबाट मगाइएको बताए । ‘हामीलाई एक, दुई दिन अगाडी मात्र क्लोरिङ पाउण्डर सकिन लागेको थाहा भएको हो,’ सचिव आचार्यले भने,‘पहिले नै थाहा भएको भए समयमै खरिद गर्न सकिन्थ्यो । अब दुई, तीन दिनमा मात्र आउने र त्यसपछि पाउण्डर राख्छौं ।’ उनले क्लोरिङ पाउण्डर पोखरामा नपाइने र काठमाडौंमा मात्र पाइनेहुँदा आउन समय लाग्ने बताए । क्लोरिङ पाउण्डर नआउँदासम्म बजारबासीले पानी उमालेर प्रयोग गर्नुपर्ने सचिव आचार्यको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com