Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बर्खायाममा कान पाक्ने रोगको समस्याबाट कसरी बच्ने ?

  • २ वर्ष अगाडि

बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खायाममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् ।

यो समयमा धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका साथै गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । योबाहेक पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरूले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको जाँच गर्नुपर्छ ।

पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका बिरामीसमेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाच्छिउँ आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।

कानको रोगका लक्षणहरू

– कान चिलाउने
– कान अत्यधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कान भित्रबाट पिप वा पानी बग्ने समस्या

धेरैजसो मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्‍यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने

– पौडी खेल्न जाँदा एअर प्लग लगाउने
– पौडी खेल्दा कान छोप्ने
– डाइभ भरसक नगर्ने
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले कानेगुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने मेकानिज्मु बनाएको हुन्छ । कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । यस्तै कान पाक्ने समस्यासम्बन्धी आमजनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।

नाक, कान, घाँटी विशेषज्ञ डा. घिमिरे विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ नाक, कान, घाँटी विभागको प्रमुख हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ताजा समाचार

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

ट्रेन्डिङ

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com