बागलुङ २५ साउन । ब्रेन क्यान्सर पिडित राजु केसीको उपचारका लागी उठाएको रू.५३ लाख राजु केसी सहयोग संकलन मुल समितिले राजु केसीको परिवारलाई हस्तान्तरण गरेको छ । एक हप्ते आर्थिक सहयोग संकलन अभियानमा रु.५३ लाख ३१ हजार सहयोग संकलन भएको रकम हस्तानतरण गरिएको राजु केसी सहयोग मुल समितिका संयोजक जगदिश चन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
संकलित रकम राजु केसीका बुबा राम बहादुर केसीलाई उपचारका लागि संकलन गरिएको रु.५३ लाख ३१ हजारको चेक हस्तान्तरण गरिएको हो । परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट रु. ५० लाख संकलन गर्ने लक्ष्य रहेपछि रु ५३ लाख सहयोग संकलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झण्डै रु.एक करोड रकम उपचारका लागि जुटेको राजु केसी सहयोग मुल समितिका संयोजक उपाध्ययाले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–२ हल्लन चोकका ब्रेन क्यान्सर पीडित राजु केसीको उपचारका लागि सहयोग संकलन अभियानलाई स्थगन समेत गरिएको संयोजक उपाध्ययाले जानकारी दिनुभयो ।
ब्रेन क्यान्सर पीडित केसीको अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । केसीको उपचारमा हालसम्म परिवारले रु. एक करोड ५० लाख खर्च गरिसकेको राजु केसीका बुबा राम बहादुर केसीले जानकारी दिनुभयो ।
लामो समय बागलुङका सामाजिक क्रियाकलापमा सक्रिय केसी ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत हुनुहुन्छ । वर्ष अगाडीदेखि क्यान्सरको संक्रमण भएका केसीलाई परिवारका सदस्यले धेरै रकम खर्चेर उपचार गरिरहेका छन् ।
परिवारका सदस्यले झण्डै रु.एक करोड ५० लाख खर्चेर पनि निको नभएकोले थप उपचारका लागि सहयोगको याचना गरेको गरिएको थियो । सहयोग संकलन अभियानमा बागलुङका विभिन्न व्यक्ति, संघ संस्था, विद्यालय, टोल समूह, आमा समूह र सहकारीका सदस्यहरुले सहयोग गरेका उपाध्ययाले जानकारी दिनुभयो ।