Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जिल्लाका तीनवटा संस्थाले गुणस्तरीय कृषि उत्पादनमा जोड

  • २ वर्ष अगाडि

बागलुङ । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बागलुङमा उत्पादनलाई निर्यातका लागि समेत प्रयास भएको हो । तीनवटै संस्थाले जिल्लाको खपत बढाएर देशका सहरी क्षेत्रदेखि विदेशसम्म पठाउने गरी उत्पादन बढाउन लागेको बताइएको छ ।
तीनवटै संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यक्रम सार्वजनिक गर्दै उत्पादनको बजारीकरण, स्टोर तथा निर्यात योग्य बनाउने प्रतिवद्दता जनाएका हुन् । ‘मासुजन्य वस्तु निर्यात गर्न पशुहरु स्वच्छ छन् भन्ने प्रमाणित हुनुपर्छ’ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘त्यसका लागि केही क्षेत्र विशेष बनाउन खोजेका छौं ।’ नियमति उत्पादन हुने, गुणस्तरीय वस्तु दिने र निर्यात योग्य प्याकेजिङ दिनसके बाहिर पठाउन सकिन्छ ।’ पहिलो प्राथमिकता जिल्ला र देशभरलाई आत्मनिर्भर बनाउन सक्नुपर्ने उनले बताए ।
बागलुङमा मासुजन्य वस्तु तथा दूधजन्य वस्तुको उत्पादन अझै बढाएर किसानलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने उनले बताए । हाल बागलुङमा ३० हजार ६ सय ३१ गाइ, ७० हजार ४ सय ४९ भैसीमार्फत दूध वितरण भैरहेको छ । केही मात्रामा दूध पोखरा जान्छ भने पोखराबाट पनि केही दूध भित्रिने गरेको छ । समग्रतामा आत्मनिर्भर नजिक भएको उनले बताए ।
मासुजन्य पशुतर्फ बाख्रा १ लाख ४९ हजार, भेडा १० हजार २ सय ७७ छन् भने कुखुरा लाखौंको संख्यामा छन् । बंगुर भने अघिल्लो वर्षको स्वाइन फ्लुले अत्याधिक न्युन रहेका छन् । अझैपनि मासुमा जिल्ला आत्मनिर्भर नजिकै रहेको उनले बताए । किसानलाई चालु वर्षपनि झण्डै ८ लाख लीटर दूधमा अनुदान दिने नीति पनि उनले जानकारी गराए । यो नीतिले किसानले दूध उत्पादन अझै बढाउन सक्नेछन् ।
कृषि बालीतर्फ चालु वर्ष ६ करोड ३८ लाख बजेट छ । उक्तमध्ये १ करोड ४९ लाख रुपैयाँ आलु प्रवद्र्धन कार्यक्रमतर्फ खर्चने तयारी छ । हाल बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन भैरहेको छ । जसले गर्दा तराइ र भारतीय आलु न्युन मात्रामा भित्रने गरेको हो । ढोरपाटन, ताराखोला लगायतका स्थानको आलु उत्पादन बढाउन सकेमा देश र विदेशमा निर्यात गर्न सकिने ब्राण्ड बस्न सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । उनले खाद्यान बाली प्रवद्र्धन, तरकारी, सुन्तला खेती विस्तार, प्रयोगशाला, कोल्डस्टोरको क्षमता विस्तार जस्ता कार्यक्रमबारे पनि जानकारी दिए । साथै, हरेक पालिकाले पनि कृषि क्षेत्रमा बजेट राम्रो विनियोजन गरेकोले एकीकृत रुपमा काम गर्न सकेमा राम्रो परिणाम आउने उनको धारणा छ । १० पालिकाले चालुवर्ष कृषिमा ९ करोड २० लाख बजेट विनियोजन गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि चालु वर्षका लागि पकेटलाई ब्लकहुँदै जोनसम्म लैजाने लक्ष्य राखेको छ । २०८३ को असार मसान्तसम्म काम गर्ने गरी गठन भएको आयोजनाले बागलुङको बलेवा, जैमिनी नगर र बरेङ गाउँपालिकामा बाख्रा जोन क्षेत्र विस्तार गरेको छ । त्यस्तै काठेखोला र बानपाको केही स्थानमा मकै जोन, ताराखोला, ढोरपाटन लगायतको क्षेत्रमा आलु जोनसहित धान उत्पादनमा पनि जोड दिएको छ ।
सुन्तला, स्याउ र ओखर खेतीमा पनि लगानी बढाएको छ । झण्डै ६० मेट्रिकटन भण्डारन क्षमता बढाएको परियोजनाका कार्यालय प्रमुख नारायण पौडेलले बताए । उनले चालुवर्ष २ वटा कोल्डरुम बनाउने, १० वटा सिंचाइ आयोजनामार्फत चैतेधान विस्तार गर्ने, पशुआहारा विकास कार्यक्रम र बाली संरक्षण सेवा, उत्पादनको प्याकेज, लेबल र ग्रेडिङमा किसानलाई सहयोग गर्ने, २ सय वटा बाख्राको खोर सुधार गर्ने तथा किसानको उद्यमशिलता कार्यक्रमलाई विस्तार गर्ने लक्ष राखेको हो ।
आइतबार तीनवटा कार्यालयले कार्यक्रमको सार्वजनिकीकरण गर्दा जिल्लाका दर्जनौं अगुवा किसानलाई पनि साझी राखेका थिए । कार्यक्रममा किसानहरु गंगाबहादुर थापा, टिकाराम सापकोटा, होमराज शर्मा, प्रेमलाल गौतम, लालकुमारी पुन, नन्दलाल सापकोटा, तारदेवी पुन, चण्डीप्रसाद शर्मा लगायतले किसानमुखी कार्यक्रम र योजना हुनुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुमार पुनको संचालन र पशुसेवा कार्यालयका प्रमुख डा. ऋषिराम सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुशुम बुढा, पूर्व मन्त्री दिपेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, कृषि सहकारी संघका उपाध्यक्ष मणीभद्र शर्मा लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com