बागलुङ ,१४ बैशाख ।जिल्ला सहकारी संघ बागलुङले १९ औ सहकारी स्थापना दिवस बागलुङमा पनि मनाईएको छ ।
संघले उधमशिलता र पारदर्शीता सहकारीको प्राथमिकता भन्ने मुल नाराका साथ १९ औ स्थापना दिवस मनाएको हो।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङक सल्लाहकार दिपक गौतमले सहकारी क्षेत्रमा पहिलाको जस्तो स्थिति अहिले नभएको बताउनुभयो । उहाँले आफुहरुबाट भएका कमजोरीलाई स्विकार गरेमा सहकारी खराव स्थिती नहुने उहाँकाे भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले सहकारीका कुराहरु पत्रकारिता मार्फत्व उठाउने बताउनुभयो ।
जिल्ला सहकारी संघ बागलुङक सल्लाहकार राम बहादुर जिसीले जिल्लाका सहकारीका बारेमा सहजीकरण गर्नु भएको थियोभने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिम बहादुर कार्की सञ्चालक सदस्य जगन्नाथ सापकोटाको स्वागत र सचिव गणेश नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्ला सहकारी संघ बागलुङले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।













