पर्वत ,३१ साउन । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा हरितालिका तीज मेला हुने भएको छ । भएरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सह-आयोजनामा हुन लागेको हो । भङ्गेरथान मन्दिरको सत्तल निर्माणका लागि तीज मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
” नाग्लिवाङ जाऊँ भङ्गेरथान देवताको दर्शन गरौँ हिन्दुहरूको महान चाड हरितालिका तीज मेलामा रमाउँ ” भन्ने मूल नाराका सहित तीज मेला-२०८१ मा आयोजना हुने भएको हो ।
मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता , खुल्ला फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, छेलो हन्ने प्रतियोगिता म्युजिकल चेयर प्रतियोगिता , तीज गीत प्रतियोगिता , सांस्कृतिक झल्किने कार्यक्रमहरू विविध कार्यक्रम हुने मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले बताए ।
वडा स्तरीय भलिबल प्रथम पुरस्कार रु. चालिस हजार दित्तीय पुरस्कार पच्चिस हजार खुल्ला फुटबल प्रतियोगिता प्रथम पुरस्कार रु. पचास हजार द्वितीय पुरस्कार रु. ३०,००० खुल्ला मा.वि स्तरीय हाजिर जवाफ प्रतियोगिता प्रथम पुरस्कार बिस हजार र दित्तिय पुरस्कार रु. बाह्र हजार र साथमा मेडल र प्रमाणपत्र रहने छ । मेलामा भाले छुने प्रतियोगितामा दुई हजार पुरस्कार रहने छ भने छेलो प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिताको ३/३ हजार तीज गीत प्रतियोगिताको पाँच हजार पुरस्कार रहेको छ ।
मेलामा सांस्कृतिक झल्किने कार्यक्रम सहित विविध कार्यक्रम जलजला गाउँपालिका वडा नम्बर ८ मा रहेको दहचौर खेलमैदानमा हुने समितिले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने सचिव रेग्मीले बताए ।
मेला भाद्र १८ गते देखि २३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।