बागलुङ १ भदौं । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महसुल शुल्क नबढाउने भएको छ । साउन ३२ गतेको बैठकले पुरानै न्युनतम १ सय रुपैयाँ शुल्क मात्रै लिने निर्णय गरेको हो ।
दोश्रो साना सहरी आयोजना संचालन गर्दा नगर विकास कोषले दिएको ४५ प्रतिशत ऋणलाई निर्धारित समयमा भुक्तानी गर्न असार १३ गतेको कार्यसमिति बैठकले २ सय प्रतिशत बढाउने निर्णय खारेज गरेको हो । न्युनतम १० युनिट सम्मको तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । भदौ १ गतेबाट उक्त शुल्क लागू हुने भनिएकोमा लागू हुने मितिकै अघिल्लो दिन निर्णय फिर्ता गरिएको हो ।
महसुल वृद्दिबारे आम जनगुनासो आएको थियो । ‘आम नागरिकको गुनासो पनि आयो, हामीले पनि उनीहरुको समस्या महसुस गरेर मूल्य घटायौं’ संस्थाका कार्यवहाक अध्यक्ष हरिबहादुर जिसी सन्तोषले भने, ‘टिडिएफको दबावले मूल्य बढाउन बाध्य थियौं ।’ संस्थाले यस अघिको कार्यकालमै टिडिएफमा मूल्य बढाउने सम्झौता गरेकोले पटक पटक ताकेता पनि गरेको थियो । हाल संस्थाले ८ युनिटको एक सय रुपैयाँ न्युनतम शुल्क लिने गरेको छ ।
संस्थाको बैठकले ५ सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारमा जयराम भारी, अशोक गोबिन्द राजभण्डारी, सुभासचन्द्र राजभण्डारी, भुपेन्द्र खड्का र कानूनी सल्लाहकारमा राम शर्मालाई जिम्मा दिएको सचिव जीवन आचार्यले जानकारी दिए । संस्थाले तीन सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ । सुभाष आचार्य संयोजक रहेको समितिमा लालबहादुर केसी र बाबुकाजी केसी सदस्य छ










