बागलुङ , ९ भदौ । क्षेत्री समाज बागलुङले हरितालिका तीज विशेष कार्यक्रम भदौ १५ र १६ गते हुने भएको छ । कार्यक्रम क्षेत्री महिला समाज बागलुङ र क्षेत्री नगर समाज बागलुङको आयोजना र क्षेत्री समाज बागलुङको सहयोगमा हुन लागेको अध्यक्ष रुद्र वहादुर महतले जानकारी दिनुभयो ।
तीज विशेष कार्यक्रम अन्तरगत खुल्ला तीज गीत प्रतियोगिता गरिनेछ । प्रतियोगितामा एक समुहमा ७ जनासम्म कलाकार सहभागि हुन पाइनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ, तेस्रो हुनेले १० हजार रुपैयाँ र सान्तवना हुनेले ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा एकजना कलाकारलाई उत्कृष्ट पुरस्कार वितरण गरिनेछ । उत्कृष्ट हुने कलाकारलाई दुई हजार रुपैयाँले पुरस्कृत गरिने अध्यक्ष महतले बताउनुभयो ।
प्रतियोगितामा कुनै व्यक्ति, जातजाति, धर्म , राजनीतिक दल आदिलाई आक्षेप नलगाइएको मौलिक गीत गाइनु पर्ने हुन्छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले यहि भदौ १४ गते साँझसम्म दर्ता गरिसक्नु पर्नेछ । कार्यक्रमको लागि करिब ४ लाख २९ हजार १०० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । खर्चको व्यवस्थापन विभिन्न शुभेच्छुक व्यक्ति तथा संस्थाहरुबाट सहयोग उठाइएको अघ्यक्ष महतको भनार्इ छ ।