Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

क्यान्सरबाट पीडित सुकमाया परियारको उपचारका लागि सहयोगको याचना

  • ९ महिना अगाडि

दिपेन्द्र परियार

बागलुङ,१६ भदौ  । पाठेघर छाती र कलेजोको क्यान्सरबाट पीडित बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रेकी ५७ वर्षीय सुकमाया परियारको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे निवासी सुकमायाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै श्रीमान बिष्णु दर्जीले सहयोगको अपिल गरेका हुन ।
परियार लामो समयदेखी क्यान्सरबाट पिडित भएर भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेकामा आर्थिक अभाव भएपछी घरमै आएकी छिन । पैशाको जोहो भएपछी अस्पताल जाने परियारले वताईन ।
उनका श्रीमान दर्जीले उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।
“अहिले सम्म घरमा भएका वस्तुभाउ गरगहना सबै बेचेर उपचार गरियो, दर्जीले भन्नुभयो, करिव ८ लाख ऋण समेत लिईसकेको छु अव अरु कुनै बाटो नदेखेपछी श्रीमतीको जिवन वचाईदिन सम्पुर्ण नेपाली दाजुभाई दिदिवहिनी समक्ष हात फैलाएको छु ” परियारको उपचारका लागि कति रकम लाग्छ अनिश्चित छ ।
‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे परियारले पुर्नजीवन पाउथिन, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका श्रीमान बिष्णु दर्जीले भने । उनका लागि सहयोग आउने क्रम जारी छ । परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ ।
हाल सम्म ६ वटा किमो चढाएको बताउदै , अव डाक्टरले अप्रेसन गर्न भनेको भन्दै परियारले उपचार रकमको अभावमा मृत्यु पर्खने वाहेक अरु उपाय नभएको बताउनु भयो ।
सहयोग गर्न चाहनेलाई आईएमई ग्लोवल वैंक लिमिटेडमा सुकुमाया परियार नाम रहेको खाता नं. ०४५०७०१०११९९२४ मा सहयोग रकम जम्मा गरिदिन दर्जीले आग्रह गरे ।
सहयोगका लागि उनका श्रीमान बिष्णु दर्जीको मोवाइल नम्बर ९८४७७६०२९५ मा सम्पर्क गर्न सकिने छ ।
सुकमायाका १ छोरा ,बुहारी र १ छोरी नाती र नातिनी रहेका छन छोरा बुहारी भारतमा सामान्य नोकरी गर्दै आएका छन । आर्थिक अभावका कारण आफुले आमाको मुख हेर्न घरमा आउन नसकेको छोराले बताएका छन ।
सुकमायाका श्रीमान ज्याला मजदुरी खेती किसानी गरेर परिवाल पाल्दै आईरहेका थिए । घरमा श्रीमती बिरामी भएपछि उनलाई लिएर अस्पताल धाउदा धाउदै छाक टार्न समेत समस्या परेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख (कुन पालिको कति )

नेपाल प्रेस युनियनको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com