Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिराखेका छौ- मुख्यमन्त्री पाण्डे

  • २ वर्ष अगाडि

बागलुङ, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयो । मंगलबार बागलुङ नगरपालिका–४ उपल्लाचौर दागवरामा आयोजित आधुनिक बसपार्क समउद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सीमित स्रोत साधानका बीच जनताको आवश्यकता र माग अनुसार काम गरि रहेको बताउनु भएको हो ।
जनताको माग र आवश्यकता धेरै भएको तर प्रदेश सरकारको ढुकुडी निकै कम हुँदा एकै पटक सबै ठाउँमा सबै काम गर्न नसकेको उहाँको भनाइ छ । राजनीतिक अस्थितरताका कारण लामो समय सरकार बन्ने र ढल्ने गरेको भन्दै अहिले केन्द्रीय गठबन्धन अनुसार सरकार बनेको हुँदा यो सरकार सुशासन, विकास र समृद्धिका लागि काम गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

“जनताको इच्छा, आकांक्षा र आवश्यकता धेरै छन्, सरकारको ढुकुडी सानो छ, त्यसले गर्दा हामीहरुले चाहेर पनि सबै काम एकै पटक गर्छु भनेर पनि नसकिदो रहेछ, हामीहरुले क्रमिक रुपमा स्थानीय सरकारसँग सहकार्य गरि विकास निर्माणलाई अगाडि बढाएका छौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्ने गरि काम गर्ने छ ।”
उहाँले गण्डकी प्रदेश पर्यटकीय हब भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हाँसिल गर्ने बताउनुभयो । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरि रहेको उहाँको भनाइ छ । आफू मुख्यमन्त्री बनेपछि गण्डकीमा कुनै पनि भ्रष्टाचार र अनियमितताका विषयमा प्रश्न उठ्ने काम नगरेको उहाँले जिकिर गर्नु भयो ।

चार वर्ष अगाडि निर्माण भएको बसपार्क पहुँचमार्ग बिस्तारपछि संचालनमा आएको हो । २३ वर्ष अगाडि उपल्लाचौर स्थित दाबगरा बसपार्कले संचालनमा आएपछि स्थानीय हर्षित भएका छन् । जग्गा फिर्तामा ढिलाई तथा पहुँचमार्ग बिस्तार गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन सकेको थिएन । नगरपालिकाले बसपार्कको केही महिना अगाडिनै परीक्षण समेत गरिसकेको थियो ।

नगर विकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु। ( करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण गरेको बसपार्क चलाउन नसक्दा ऋण तिर्न समस्या समेत भएको थियो । बसपार्क सञ्चालन संगै नगरपालिकाको नाममा रहेको बाँकी जग्गा फिर्तागर्ने प्रकृया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाई छ । वि।सं। २)५८ सालमा कुल ५( रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com