Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

को हुन् स्वास्थ्यमन्त्री कृष्ण पाठक ?

  • २ वर्ष अगाडि

बागलुङ, भदाै १८ । गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा बागलुङका कृष्ण प्रसाद पाठक नियुक्त हुनुभएको छ ।
पाठकले प्रदेशप्रमुख डिल्लिराज भट्टद्वारा हिजो  पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।

बागलुङमा लामो समयदेखि राजनीतिमा सक्रिय पाठक गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सम्हाल्ने स्थानमा पुग्नुभएको हो । २०३१ सालदेखि नेकपा (मसाल) नजिक विद्यार्थी संगठनमा आवद्ध रहेर राजनीति यात्रा शुरु गर्नुभएको पाठक बागलुङ जिल्लाको एमाले उपाध्यक्ष हुँदै गण्डकी प्रदेश कमिटि सम्म पुग्नुभएको थियो ।
कुनैसमय राज्यविरुद्धको आन्दोलमा राजकाज मुद्दामा हिरासतमा पुग्नुभएका पाठक मन्त्री बन्नुभएको छ ।

माओवादी जनयुद्ध कालमा नेकपा माओवादीद्वारा डेथ वारेन्ट जारी पछि २०६१ चैत २९ गते माओवादीबाटसपरविार लखेटिनुभएको थियो । पाठक प्रष्ट वक्ताको रुपमा राजनीतिमा चिनिनुभएका छ । समानुपातिक तर्फबाट गण्डकी प्रदेशसभामा पुग्नुभएको पाठकले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय आलोचित बन्दै आएको धौलागिरी अस्पतलाल सुधारमा उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
को हुन् कृष्ण पाठक ?

नाम : कृष्णप्रसाद पाठक
जन्म मिति : २०१९/१०/११ गते
जन्म स्थान : बागलुङ नगरपालिका १२ अमलाचौर (साविकको अमलाचौर गाविस)
अध्ययन : शिक्षा व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण
संक्षिप्त राजनीतिक पृष्ठभूमि
२०३१ सालदेखि नेकपा (मसाल) नजिक विद्यार्थी संगठनमा आवद्ध
२०३९ सालमा नेकपा (मसाल)को सेल कमिटीमा संगठित, विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी
२०४१ सालमा नेकपा (मसाल) परित्याग गरी नेकपा (माले)मा आबद्ध
२०४५ सालमा राजकाज अपराध मुद्दा लागेर ७ दिन हिरासत बसी तारेखमा रिहा
२०४६ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको
२०४६ सालमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित
एमालेनिकट पिपुल्स भोलुन्टियर्सको संस्थापक केन्द्रीय सदस्य
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य र बागलुङको संस्थापक अध्यक्ष
२०४६ देखि २०५८ सम्म बाग्लुङ जिल्लामा नेकपा (एमाले) को संगठन निर्माण अभियानमा लाग्दा नेकपा (मसाल) बाट पटकपटक कुटपिट र आक्रमणको सामना
२०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा संस्थापन पक्ष (मनमोहन, माधव, केपी) सँगै रहेको
नेकपा (एमाले)को पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि
२०४८ को संसदीय निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र नं. २ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार
२०६१ सालमा माओवादी जनयुद्ध कालमा नेकपा माओवादीद्वारा डेथ वारेन्ट जारी, सबै परिवार विस्थापित । २०६१ चैत २९ गते माओवादीबाट गाउँबाट लखेटिएको ।
२०६२|२०६३ सालको जनआन्दोलनमा प्रहरीद्वारा गिरफ्तार, १९ दिन हिरासत बसी रिहा
२०६२|२०६३ सालको जनआन्दोलनमा प्रहरी हस्तक्षेपमा परी गम्भीर घाइते (मेरूदण्डको भागमा चोट लागेको) । जनआन्दोलन घाइतेको ५९७ नं. मा सूचीकृत भई जनआन्दोलन घाइते परिचयपत्र प्राप्त
२०६७ सालबाट नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी प्राप्त
२०७४ सालमा सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित
२०७७ फागुनमा नेकपा विभाजनपछि एमालेमै रहेको
२०७८ सालमा कार्यबहाक अध्यक्षको जिम्मेवारी
२०७८ साल भदौमा एमाले विभाजन हुँदा मूलधार नेकपा (एमाले)मै रहेर बागलुङमा माधव नेपालसँग जान लागेका धेरैलाई एमालेमै राख्न सक्रिय भूमिका खेलेको
२०७८ साल पुसमा सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार
२०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य साथै प्रदेशको विज्ञान तथा प्रविधि विभागको विभागीय प्रमुखको जिम्मेवारी प्राप्त
२०७९ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित
संसदीय गतिविधिमा सक्रिय, स्पष्ट र निडर वक्ता
२०८० साल असोजमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको सदस्य निर्वाचित

वारेन्ट जारी हुँदाको सम्झना
माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेल र मेरो गाउँ एउटै हो । २०६१ सालतिर अमलाचौर गाविसको भवनमा माओवादी सेनाले आफ्नो क्याम्प राखेको थियो । गाउँ नै उठाएर मैले त्यो हटाएँ । त्यसपछि मेरो परिवार गाउँबाट विस्थापित भयो । परिवार नै बागलुङ बजार सरेको हो । मलाई वारेन्ट जारी भएपछि म पनि बाहिर खुलेआम हिँड्न डर भयो । म पनि बागलुङ बजारतिरै बसेँ ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पढ्दै रमाउँदै गर्ने वातावरण सिर्जना गर्छु : आस्मीन शेख

को हुन् स्वास्थ्यमन्त्री कृष्ण पाठक ?

नमेटिने घाउ फिल्मको प्रधानमन्त्रीको रोलमा केपी ओली

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ

राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com