Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पढ्दै रमाउँदै गर्ने वातावरण सिर्जना गर्छु : आस्मीन शेख

  • १ वर्ष अगाडि

बागलुङ,३ चैत । अनेरास्ववियुको जिल्ला सचिवालय सदस्य रहेकी आस्मीन शेख बाबु शलील दिन र आमा जमिला खातुनकी छोरी हुन् । बागलुङ नगरपालिका ३ किराना टोलको मुस्लिम समुदायमा छोरीलाई बाहिर निस्कनै नदिने अवस्थामा उनलाई परिवारले मेहेनत गरेर नीजि विद्यालय पढाए । अमृत आदर्श माविबाट एसएलसी, अमर आदर्शबाट कक्षा १२ कक्षा उत्तिर्णपछि धौलागिरि क्याम्पस आइपुगेकी शेख अहिले एमए, समाजशाष्त्र विभागमा अध्ययनरत छिन् ।

उनले सदस्य भएर काम गर्दा डिजिटल मार्केट विषयमा विद्यार्थीेलाई जानकारी दिएर उद्यमशिल बनाउने काममा लागेको बताइन् । स्ववियुले नै यस्ता अवधारणा पनि ल्याएको थियो । विद्यार्थीहरु उद्यमी बन्नुपर्छ भनेरै बिबिए पढ्दा चैत्राष्टमी मेलामा स्टल राखेर विद्यार्थीलाई व्यवसायमा उन्मुख गराएको उनले बताइन् ।

क्याम्पसमा धेरै छात्राहरु भएर पनि छात्रामैत्री शौचालय थिएन, स्ववियुकै अगुवाईमा छात्रामैत्री शौचालय बनाउने क्रममा शेखले नेतृत्व लिएर भेन्डिङ मेसिन समेत जडान भएको छ । जसका कारण महिनाबारी भएका वा अन्य समस्या भएका छात्रालाई सहज भएको छ । पहिलो पटक यो मेसिन बिबिए संकायमा जडान गरिएको हो । वार्षिकोत्सव सहितका विभिन्न कार्यक्रममा छात्राहरुको खेल प्रतियोगिताको संयोजन गर्ने काम पनि उनले गरेकी थिइन् ।

आँफू सभापतिमा निर्वाचित भएमा विदेश जान खोज्ने युवालाई पढ्दै रमाउँदै गर्ने वातावरण सिर्जना गर्ने योजना बनाउने उनले सुनाइन् । त्यसो त स्ववियुलाई अनेकतामा एकता भएको बनाउने र सबैको साझा संस्था बन्ने लक्ष्य सुनाइन् । त्यस बाटेक क्याम्पसमा बढाइएको अस्वभाविक शुल्क घटाउन पहल गर्ने उनको भनाइ छ । ‘अहिले महंगो शुल्कका कारण विद्यार्थीले पढ्न नसक्ने अवस्था छ, त्रिविले तोकेको शुल्कभन्दा बढी तोकेर पढ्न नसक्ने बनाएको छ’ उनले भनिन्, ‘विद्यार्थीको प्रतिनिधिमार्फत ती शुल्क घटाएर पढ्न सक्ने बनाउन प्रयास गर्छौ ।’ विशेषगरी बिबिए र बिएस्सी महंगो भएको उनले बताइन् ।

त्यस बाहेक खर्चको पारदर्शीता हुनुपर्ने माग राखेको उनले बताइन् । क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता नगर्ने अवस्था अन्त्य गरेर जवाफदेही प्रशासनका लागि पहल गर्ने उनले बताइन् । गुणस्तरीय शिक्षा उनको एजेण्डामा छ । समुदायमा पछि परेका र शिक्षाका लागि बाहिर निस्कनै नसकेका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा ल्याउने उनले प्रतिवद्दता जनाइन् ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com