बागलुङ, १९ भदौ ।निजामती सेवा दिवसको अवसरमा बागलुङमा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्मचारी/कर्मचारी बिच हुने छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा निजामति कर्मचारीहरु बीच अन्तर कार्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा १८ समुहले भाग लिएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले स्वास्थ्यकोलागि खेल महत्वपूर्ण रहेको बताए । उनले खेलले मानिसलाई सक्रिय राख्नुका साथै स्वस्थ बन्नकोलागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले निजामति कर्मचारीहरु सिर्जनशिल र व्यवसायीक बन्न सकेको खण्डमा मात्र मुलुकको समृद्धि र विकास हुने बताए । कार्यक्रममा निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष श्याम थापा मगरले खेल बारे जानकारी गराएका थिए ।
उपाध्यक्ष दुर्गा प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय बागलुङका रामप्रसाद उपाध्यायले गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनिय, नेपाल निजामति कर्मचरी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठनले गरेका छन् । कार्यक्रम बिहिबारसम्म चल्ने छ ।