नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले जिल्ला अध्यक्ष लालबहादुर थापासहित नेकपा (एमाले) जिल्ला समिति बागलुङमा प्रवेश गरेका सदस्यहरुले नक्कली माइन्यूट खडा गरेको, आर्थिक अपचलन गरेको र पार्टी कार्यालयको सम्पत्ती हिना मिना गरेको जनाएको छ ।
आज नवौ पूर्ण बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङबाट केही नेताहरु एमालेमा जादैमा समाहित भन्न नमिल्ने भन्दै पार्टी स्थापना कालदेखिको माइन्यूट सार्वजनिक गरको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा पिंगलराज चयन गरेको छ ।
जिल्ला अध्यक्ष लाल बहादुर थापा एमालेमा प्रवेश गरेपछि गौतमलाई तत्कालै केन्द्रिय कार्यसमितिले संयोजक तोकेका थियो ।
शनिबार बसेको नवौ जिल्ला कमिटिको पूर्ण बैठकले पार्टीको हित विपरित लाग्ने जिल्ला अध्यक्ष थापासहित सात जनालाई कार्वाही गर्दै गौतमलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो ।
जिल्ला कमिटि बैठकले पदाधिकारिमा समेत हेरफेर गरेको छ । जिल्ला समितिको उपाध्यक्षमा वेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मालाई चयन गरेको छ । यस्तै उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगरलाई चयन गरिएको छ ।
नेकपा एसका सचिव शालिकराम शर्माले राजनीतिमा पार्टी परिवर्तन गर्न छुट भएपनि बेइमानी गर्न नपाइने बताउनुभयो ।
“माइनट हामीसँगै छ, आठ वटा बैठकको माइन्यूट यही छ, नक्कली माइन्यूट बुझाएर पार्टी समायोजन भन्न कुन नैतिकताले दियो, राजनीति गर्नुहोस बेइमानी नगर्नुहोस” शर्माले पार्टी छोडेर गएका प्रति लक्षित गर्दै भन्नुभयो “पार्टीको खातामा पाँच लाख रकम थियो, कार्यालयमा लुटपाट शैलीमा प्रिन्टिर, फर्निचर र कागजपत्र गायब गरिएको छ, यस्तो अराजक शैलीमा पार्टीलाई क्षति पु¥याएर एमालेमा समायोजन भएको हल्ला फिजाइएको ५१ सदस्यको जिल्ला कमिटिमा सात जना जादैमा समायोजन हुन्छ र रु”
बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष थापा र सचिव भरत पुरीसहित ७ जनालाई कारवाही समेत गरेको छ ।
कारवाहीमा पर्नेमा तत्कालिन अध्यक्ष थापा, उपाध्यक्ष केशर छन्त्याल, सचिव पुरी, सदस्यहरु जीवन आचार्य, श्याम पुन, प्रेम थापा, खगेन्द्र शर्मा लगायत छन् ।
पार्टी समायोजन भयो भनेर नेकपा एमालेमामा बुझाएको माइन्यूट नक्कली भएको बताउदै नेकपा एसमा जिल्ला सचिव शालिकराम शर्माले पार्टी स्थापना कालदेखिको माइन्यूट पत्रकार सम्मेलनमै देखाउनुभएको थियो ।
उहाँले पार्टी छोडेर जानेले पार्टीको नाममा भएको पाँच लाख समेत हिनामिना गरेको, फर्निचर, प्रिन्टर लगायतका उपकरण नबुझाएर लगेको नेकपा एस बागलुङले दाबी गरेको छ । nayawishwo अनलाइनबाट साभार