बागलुङ ७ असाेज । बागलुङमा पहिलो पटक गण्डकी प्रदेश अन्तर विद्यालय कबड्डी प्रतियोगिता हुने भएको छ ।
जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सोमबारदेखि छात्र र छात्रा प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
विद्यालय तहमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले बताउनुभयो । उनले कबड्डी खेल प्रतिको रुची बढाउने र जिल्ला खेलकुदमा कबड्डीको पनि उपस्थिति बलियो बनाउने लक्ष्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। अध्यक्ष पन्तले प्रतियोगितामा छात्र तर्फ १४ टिम र छात्रा तर्फ १२ टिमले सहभागिता जनाउने बताए ।
प्रतियोगितामा छात्र तर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार तथा छात्रा तर्फको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लािग अनुमानित १ लाख ९० हजार रुपैयाँ खर्च हुने अध्यक्ष पन्तले बताए । उनले प्रतियोगिताको लागि विभिन्न संघसंस्था, सहयोगी व्यक्तिहरुबाट सहयोग संकलन गर्ने लक्ष्य लिएको बताए ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउने खेल्नेछन् ।
हाम्रो टिम
प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी
नेपाल सञ्चार
Menu
© All rights reserved 2015-2024 nepalsanchar.com