Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

  • २ वर्ष अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।

सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो ।

त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ ।

सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।

अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’  नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो ।

यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com