Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच  कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरुलाई क्रमशः लैजाने जानकारी गराएका थिए। उनले नेपाली कामदारहरुलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताए।

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बहिनी समूहलाई बाख्रा उपहार

दोश्रो आदर्श कप हुने

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग

१८ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न वितरण 

कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृतिमा आश्रमलाई खाद्यान्न हस्तान्तरण

कास्की जिल्ला अदालतले मेयर नेपालीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

ताजा समाचार

दोश्रो आदर्श कप सुरु
दोश्रो आदर्श कप सुरु
बहिनी समूहलाई बाख्रा उपहार
बहिनी समूहलाई बाख्रा उपहार
गणतन्त्र दिवसको सन्दर्भ (कविता)
गणतन्त्र दिवसको सन्दर्भ (कविता)
दोश्रो आदर्श कप हुने
दोश्रो आदर्श कप हुने
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग

ट्रेन्डिङ

बहिनी समूहलाई बाख्रा उपहार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

लैङ्गिक समानता एवं कानुन विषयमा जनप्रतिनीधि संग अभिमुखिकरण कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

बागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिन मनाइने

कास्की जिल्ला अदालतले मेयर नेपालीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com