पाेखरा, १२ जेठ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सहकारीमा ठगीको अभियोगमा कास्की जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई थुनामा पठाउन आदेश दिएको हो।
सहकारीको रकम अपचलन प्रकरणमा यसअघिदेखि नै जिल्ला कारागार बागलुङकाे थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिइएको थियो। बयानपश्चात पोखरा अदालतले समेत नेपालीलाई थुनामा पठाउन आदेश दिएको हो ।
बागलुङ र पोखरा दुवै ठाउँमा सहकारी खोलेका नेपालीले बचतकर्ताको २ अर्ब अपचलन गरेको अनुसन्धानमा देखिएको थियो ।