Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठेखोला गाउँपालिकामा चार महिनामा २९ लाख राजश्व संकलन

  • सुजन रेग्मी
  • १ वर्ष अगाडि

बागलुङ, १६ मंसिर । काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को कार्तिक मसान्तसम्म २९ लाख ६६ हजार १ सय ४६ रुपैयाँ राजश्व संकलन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताउनुभयो । उहाँले चालु आवको चार महिनामा गाउँपालिकामा ५१ वटा नयाँ व्यवसाय दर्ता भएका छन्भने १ सय ८७ वटा व्यवसाय नवीकरण भएको उपाध्यक्ष थापाले बताउनुभयो ।

पालिकाले राजस्व वृद्धि गर्नका लागि राजश्व सुधार रणनैतिक योजना तयार गरि कार्यान्वयन गरिनुका साथै कर तथा गैर करका दर तथा दायराहरु समानुकूल परिमार्जन गरिएको उपाध्यक्ष थापाले बताउनुभयो । व्यवसाय दर्ता तथा नविकरणको लागि वडा–वडामा पुगेर व्यवसायहरुको अनुगमन तथा सचेतना कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ ।

काठेखोलाले भुमीकर र सम्पत्तीकर उठाउन टोल–टोलमा घुम्ती शिविर सञ्चालन, साना अटो रिक्सा व्यवसायी दर्ता गरी संचालनमा ल्याएको छ । यस्तै कवाड्डी संकलनको लागि टेण्डर मार्फत जिम्मा दिइएको उपाध्यक्ष थापाले बताउनुभयो ।

काठेखोलाले सम्पूर्ण कर वडा कार्यालय र सफ्ट्वेर मार्फत बुझाउने व्यवस्था गरिएको छ । सफ्ट्वेर संचालनका लागि कर्मचारीलाई तालिमको व्यवस्थापन गरिएको गाउँपालिकाका उपाध्यक्ष थापाले बताउनुभयो । कर वृद्धि भन्दा पनि करको शिर्षक वृद्धि गर्ने नीति अवलम्बन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले चालु आवको कार्तिक मसान्तसम्म वडा नम्बर १ को दोबिल्ला, खहरे लगायतका बजार क्षेत्रहरु, वडा नम्बर २ को अछेते बजार, वडा नम्बर ६ को सुल्डाडा तथा जलजला क्षेत्र, वडा नम्बर ७ रेशको जिरेदी, नुनथला, गोठडाँडा, देउरालीडाँडाका व्यवसायहरु र वडा नम्वर ८ लेखानी कादेश, भुमेचौर, बाङबाज, छेडा, पसलटोल, सेतीचौरका व्यवसायहरु अनुगमन गरिएको छ । गाउँपालिका भित्र संचालन भइरहेका व्यवसायहरुलाई दर्ता तथा नविकरण गर्नका साथै नागरिकलाई स्वच्छ खाद्यान्न उपलब्ध गराउनको लागि मिति गुज्रे नगुज्रेको र मुल्य सुचि राखे नराखेको, सरसफाई लगायतको अनुगमन कार्यलाई निरन्तरता दिने उपाध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com