Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस चौतारी नेपाल बागलुङकाे ‘विद्यार्थीसँग प्रेस चौतारी’ एवम् कोष घोषणा कार्यक्रम

  • १ वर्ष अगाडि

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको सुरुवात र बिभिन्न कोषहरुको घोषणा गरेर २० औं स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको अबसर पारेर कार्यक्रमको सुरुवात तथा कोष स्थापनाको घोषणा गरिएको हो ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अबसरमा गतवर्ष आयोजना गरिएको प्रेस चौतारी कपको विजेता विद्यालय चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट अभियानको सुरुवात गरिएको हो ।

आइतबार बिहान आयोजना गरिएको कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीले राजनीति लगायतका विकास निर्माणका हरेक क्षेत्रमा युवाको आवश्यकता औंल्याए । उनले नयाँ पुस्ताले नयाँ हिसाबले सुरुवात नगरेसम्म देशमा नेतृत्व परिवर्तन र विकास सम्भव नरहेको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तारानाथ आचार्य, विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठ र पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानाले बोलेका थिए । आइतबारबाटै सुरुवात भएको ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको केन्द्रिय सदस्य तारानाथ आचार्यले सहजीकरण गरेका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको सञ्चालन र उपाध्यक्ष सुवास गौतमको समापनमा सम्पन्न भएको थियो । ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योगको तालिम दिइने अध्यक्ष पन्तले बताईन् ।
विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताए ।
यस्तै स्थापना दिवसको अवसरमा चौतारीले पत्रकार सम्मेलन गरेर दुई कोषको घोषणा गरेको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत बिकास कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जेनजी आन्दोलनले खोजेको परिवर्तन काङ्ग्रेसमा आएको छ: सभापती थापा

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

मकवानपुरमा खोलामा बगेका व्यक्तिको प्रहरीले गर्‍यो उद्धार

कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com