Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस चौतारी नेपाल बागलुङकाे ‘विद्यार्थीसँग प्रेस चौतारी’ एवम् कोष घोषणा कार्यक्रम

  • २ वर्ष अगाडि

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको सुरुवात र बिभिन्न कोषहरुको घोषणा गरेर २० औं स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको अबसर पारेर कार्यक्रमको सुरुवात तथा कोष स्थापनाको घोषणा गरिएको हो ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अबसरमा गतवर्ष आयोजना गरिएको प्रेस चौतारी कपको विजेता विद्यालय चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट अभियानको सुरुवात गरिएको हो ।

आइतबार बिहान आयोजना गरिएको कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीले राजनीति लगायतका विकास निर्माणका हरेक क्षेत्रमा युवाको आवश्यकता औंल्याए । उनले नयाँ पुस्ताले नयाँ हिसाबले सुरुवात नगरेसम्म देशमा नेतृत्व परिवर्तन र विकास सम्भव नरहेको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तारानाथ आचार्य, विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठ र पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानाले बोलेका थिए । आइतबारबाटै सुरुवात भएको ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको केन्द्रिय सदस्य तारानाथ आचार्यले सहजीकरण गरेका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको सञ्चालन र उपाध्यक्ष सुवास गौतमको समापनमा सम्पन्न भएको थियो । ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योगको तालिम दिइने अध्यक्ष पन्तले बताईन् ।
विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताए ।
यस्तै स्थापना दिवसको अवसरमा चौतारीले पत्रकार सम्मेलन गरेर दुई कोषको घोषणा गरेको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत बिकास कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com