बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन, धौलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेटमा छात्रातर्फको खेल अमर आदर्श माध्यामिक विद्यालयले जितेको छ । तीन समूहले खेलेको खेलमा क्याम्पसका दुइ र अमर आदर्शको एउटा टिम सहभागी थियो ।
मंगलबार भएको खेलमा अमर आदर्शले धौलागिरि बहुमुखी क्याम्पसको बी समूहलाई ७ रनले पराजित गरेको हो । अमर आदर्शले दिएको ३२ रनको लक्ष्य पच्छ्याएको क्याम्पस २४ रनमा समेटीएको थियो ।
त्यसअघि अमर आदर्शले क्यामपसकै ए समूहलाई ५ वीकेटले पराजित गरेको थियो । क्याम्पसले दिएको १( रनको लक्ष्य अमर आदर्शले ५ विकेटको क्षतिमा ३।१ ओभरमा पुरा गरेको थियो । खेल ५ ओभरमा खेलाइएको थियो । मंगलबारदेखी नै छात्र तर्फको खेल पनि शुरु भएको छ । छात्रतर्फ भने १) ओभरको खेल खेलाइने छ ।
मंगलबार गण्डकी प्रदेश सभाका सदस्य द्रोण कुँवरले खेलको उद्घाटन गर्दै खेल क्षेत्रको बिकासमा राज्यको लगानी बढाउनु पर्ने बताए । उनले खेलकुदको लागि आवस्यक सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा क्यामपस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुभाष आचार्यले पनि मन्त्वय राखेका थिए ।
स्ववियु सभापति सुदिपसागर कंडेलको अध्यक्षता, कोषाध्यक्ष सृष्टी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।