Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

 साउन यतामात्रै बागलुङमा ३० वटा मानवअधिकार उल्लंघनका घटना

  • नेपाल सञ्चार
  • ७ महिना अगाडि

बागलुङ, १२ पौष । बागलुङमा चालु आर्थिक वर्षको सुरुवात देखी हाल सम्म ३० वटा मानवअधिकार उल्लंघनका घटना दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार वर्ष पुस्तक २०२५ को लागि वार्षिक समीक्षा साउन देखी हाल सम्म ३० वटा घटना दर्ता भएको जनाईएको छ ।

बिहिबार आयोजित कार्यक्रममा इन्सेक बागलुङकी प्रतिनिधि सिर्जना पन्तले दर्ता भएका घटना मध्य सवै भन्दा बढि घरेलु हिंसाका दर्ता रहेको जनाएकी छन । पन्तका अनुसार जिल्लामा घरेलु हिंसाका १४, बलात्कारका ५, हत्या प्रयासका २, बहुविवाहको एक र अभद्र व्यवहारको १ मुद्दा दर्ता भएको हो । त्यस्तै बाल अधिकार हनन्तर्फ पनि ६ वटा बलात्कारका घटना भएका छन् । त्यस बाहेक १ हत्याको घटना समेत भएको प्रतिवेदनमा उल्लेख छ ।

ती घटनालाई आगामी सन् २०२५ मा इन्सेकले सार्वजनिक गर्ने वर्ष पुस्तकमा समेट्नका लागि समीक्षा गरिएको हो । ‘पुस्तकमा प्रकाशित भैसकेपछि समीक्षा गर्दा त्रुटी रहने भएकोले प्रकाशन अघिनै समीक्षा गरेर जाने अभियान स्वरुप ती घटनालाई प्रस्तुतीकरण गरिएका हो’ पन्तले भनिन्, ‘हरेक वर्ष यो अभियान गर्दा घटनाको सत्यतथ्य स्पष्ट पार्न सकिन्छ ।’ त्रुटी भए सच्याउने अबसर पनि हुने उनले बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानवअधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकले राज्यका कतिपय कामको दस्तावेज पनि राखिदिएको बताए । उनले नागरिकको अधिकार रक्षा गर्ने दायित्व राज्यको भएपनि खबरदारी गर्ने र भएका कामको पनि उल्लेख गरिदिएकोमा धन्यवाद दिए ।
प्रहरी उपरिक्षक ऋषिराम कंडेलले नागरिकहरु अन्यायमा नपरुन, कसुर गर्नेहरु नछुटुन भनेर प्रहरीले काम गरिरहेको भन्दै ती काम मध्येका जघन्य अपराधका दोषीलाई कारवाही गर्ने काममा सक्रिय भएको बताए । उनले ती घटनाहरु दस्तावेज बन्दा पीडितको न्याय हुने धारणा राखे । कार्यक्रममा पत्रकारहरुले घटनाको समीक्षा र आगामी दिनमा ती घटना न्युनिकरणमा राज्यले भूमिका खेल्नुपर्ने बताएका थिए । उनिहरुले जिल्लामा मानवअधिकारका घटना घट्ने क्रम बढ्दै गएको हुँदा यसको न्युनिकरणका लागि पनि सरोकारवालाले प्रयास थाल्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com