Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ, १३ पौष । बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालको रुपमा स्तरोन्न्ती गरिएको छ । गत वर्षको निर्णयपछि गण्डकी प्रदेश सरकारले यो वर्ष ओएनएम गरेर जनशक्तिसमेत थप गरी अस्पताल संचालन गरेको हो ।

अस्पताल संचालन सँगै बागलुङका पश्चिम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुनेछ । अस्पतालको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गभ क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शैयाको अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको बताए । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्ययभार थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने उनको भनाइ छ ।
नागरिकको जीवन बचाउनु पहिलो दायित्व हो
पाण्डेले यस क्षेत्रमा एयर लिफ्टिङको लागत घटाउन पनि ग्रामीण क्षेत्रमा अस्पतालहरु संचालनमा ल्याईएको बताए । ‘गत वर्ष गण्डकी प्रदेश सरकारले ६७ जना गर्भवतीलाई प्रसूति समयमा हेली उद्धार गरेकोमा २९ जना बागलुङको छन । मुख्यमन्त्रीले भने,–‘यहाँ अस्पताल संचालन गरे सँगै यस्ता समस्या घट्नेमा विश्वस्त रहेका छौं, नागरिकको जीवन बचाउनु पहिलो दायित्व हो स्वस्थ्य नागकिर रहेमा आर्थिक विकास पनि छिटो हुनेछ ।’

पाण्डेले ग्रामीण क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवा नपाएसम्म सहरका अस्पतालमा उपकरण थपेर मात्र नपुग्ने बताए । उनले अस्पताल संचालन गर्नुमात्र ठुलो कुरा नभएको र यसलाई निरन्तर संचालनका लागि श्रोत, जनशक्ति र उपकरण जुटाउनु स्थानियको दायित्व भएको बताए । उनले हिजोको दिनमा संघिय सरकारले स्तरोन्नती गर्ने प्रतिवद्धता जनाए पनि कुनै चासो नदेखाएपछि प्रदेश सरकारले नेतृत्व गरेको बताए । ‘आजकल सकारात्मक धारणाभन्दा नकारात्मक धारणा बढेको छ, भएका कामबाट फाइदा लिनेभन्दा टिप्पणी गर्नेहरु बढी छन्,’ उनले भने, ‘अब विकासलाई अपनत्व लिन सक्नुपर्छ ।’ हुन नसकेका कामको मात्रै आलोचना गर्न पनि उनले सुझाए ।
२०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरी अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिए सँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल सरहको सेवा सुविधाको रुपमा विकास गर्ने योजना रहेको थियो । अस्पतालको रुपमा विकास गर्ने गरी पुर्वाधार निर्माणको काम भएता पनि अस्पतालको रुपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, चौबीस घण्टे सेवा, ओपीडी, इमरजेन्सी सेवा कटौती भएका थिए ।
१० वर्ष पहिले देखी नै शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी सेवा
अस्पतालमा झण्डै १० वर्ष पहिले देखी नै शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी सेवा प्रदान गरिँदै आएको थियो । अहिले यसलाई थप व्यवस्थित गरेर इर्मेजेन्सी र ओपडी दुवै गरेर थप सेवाहरु विस्तार भै सकेको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा। नविन्द्र ढकालले जानकारी दिए । ‘पूर्वाधारसहित भिडियो एक्स–रेदेखि प्रसूति सेवामा अपरेसन पनि संचालनमा आइसकेको छ,’ ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ यहाँ दस वर्षअघि नै पर्याप्त पुग्ने गरी भवन बनाइएको थियो ।
अस्पताल नबन्दै यहाँ वार्षिक ७ सय जनाले त सुत्केरी सेवामात्रै लिएको तथ्यांक रहेको डा। ढकाल बताउँछन । अस्पतालमा दैनिक ३ सयजनासम्म उपचारका लागि आउने गरेका छन् । बाल रोग विशेषज्ञ समेत रहेका ढकाल लगायत १ ज्ना एमडीजीपी डाक्टर पनि कार्यरत रहेका छन । अस्पतालले दाँत, आँखा उपचार, भिडियो एक्स–रे, क्षयरोगको जिन एक्स्पोट सेवासमेत दिन थालिसकेको छ । ढकालका अनुसार यहाँ मासिक २० वटासम्म अपरेसन भैरहेका छन् । हरेक वर्ष ८० बढी पोस्टमार्टमसमेत यहाँ भएको छ ।

ओपीडी, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि नियमित संचालन भएको छ । यहाँ स्वास्थ्य सेवा नपाए स्थानीयहरु सदरमुकाम बागलुङ बजार पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ । यहाँ रक्तसंचार सेवाका लागि पनि तयारी गरिएको छ ।

मध्यपहाडी लोकमार्ग बागलुङमा मात्रै १ सय ४२ किमि छ । उक्त खण्डमध्ये झण्डै ८० किमि खण्डको सेवा क्षेत्र पनि बुर्तिवाङ हो । यहाँ दुर्घटनाका बिरामी पनि धेरै आउने भएकोले रक्तसंचार सेवा अति आवश्यक रहेको गण्डकी प्रदेश सभा सदस्य द्रोण कुँवर बताउँछन । कुँवरका अनुसार रत्तसंचार सेवा पनि निकट भविश्यमा संचालन गर्ने योजना बनाईएको छ ।
सदरमुकामदेखि ९० किमि पश्चिमको बुर्तिवाङमा अस्पताल
सदरमुकामदेखि ९० किमि पश्चिमको बुर्तिवाङमा अस्पताल अतिआवश्यक भएकोमा ढिला गरी सेवा प्रदान गर्न पाउँदा यस क्षेत्रका जनतामा खुसीयाली छाएको सांसद कुँवर बताउँछन ।
बुर्तिबाङ अस्पताल पश्चिम बागलुङका नचगरिकका पहिलो आधार भएका कारण आगामी दिनमा यसलाई अझै व्यवस्थित गरिने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक बताउँछन । एनले मध्यपहाडी लोकमार्गको छेउमै पर्ने अस्पताललाई आगामी दिनमा आउने सक्ने समस्यालाई मध्यनजर ट्रमा लगायत सेवालाई प्राथमिकता राख्ने पाठक बताउँछन ।
कार्यक्रममा गण्डकी प्रदेश उपसभामुख विना थापा, प्रदेश सभा सदस्य जीत बहादुर शेरचन, प्र दिलमाया पौवी, कुशुम बुढा, दिपेन्द्र बहादुर थापा, चम्पा खड्का, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिब डा. विनोद विन्दु शर्मा, बुर्तिबाङ अस्पतालका प्रमुख डा. नविन्द्र ढकाल लगाएते गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा गरेको लगानीले छिटै फाइदा पाउने बताए । कार्यक्रम ढोरपाटन नगरपालिकाका कार्यबहाक नगरप्रमुख धनबहादुर कायतको अध्यक्षता, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको स्वागत र तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

ताजा समाचार

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने
मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने
अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

ट्रेन्डिङ

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com