Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ एकता क्लबको दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ  । पाैष २८ बागलुङ एकता क्लबको आयोजनामा सोमबारबाट हुने दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आईतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा र क्लबका अध्यक्ष इन्सान थापाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

सोमबारदेखि संचालन हुने प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष थापाले बताउनुभयो । बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताका नकआउट चरणमा खेलाइने बताइएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् । ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको आयोजकले सहयोगी संस्था र व्यक्ति मार्फत ६ लाख रुपैयाँ सहयोग संकलन भइसकेको जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले खेलकुदले खेलाडीलाई प्रतिस्पर्धा र अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेल आयोजना गर्नु चुनौती रहेको बताउँदै क्लबले आफ्ना पूर्व सदस्यहरुको सम्झनामा प्रतियोगिता गरेर युवाहरुलाई खेलमा लाग्न सन्देश दिएको बताउनुभयो । क्लबका अध्यक्ष इन्सान थापाको अध्यक्षतामा सम्पन्न भएको ट्रफी सार्वजनिक कार्यक्रमको संचालन पत्रकार रोहन जि.सी.ले गर्नुभएको थियो ।

सोमबार उद्घाटन खेलसहित दुई खेल हुने क्लबले जनाएको छ । उद्घाटन खेल आयोजक बागलुङ एकता क्लब र श्री मेयर गण विच हुनेछ भने दोस्रो खेल नारायण दल गण र खेलकुद विकास समिति बा.न.पा.–६ को विच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com