Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पुलिस र संकल्प सेमिफाइनलमा प्रवेश

  • अर्जुन कार्की
  • ४ महिना अगाडि

बागलुङ , २ माघ । बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाली सेनाको श्रीमेहर गणलाई ३–१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको ५ औं मिनेटमा केशर बलामले गोल गर्दै अग्रता दिलाएका थिए । पुलिसको लागि खेलको १२ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए ।

श्रीमेहरको लागि प्रकाश बानियाँले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रतालाई कम गराएका थिए । खेलको इन्जुरी समयमा प्रहरीका मनबहादुर विष्टले गोल गर्दै पुलिसको जित निश्चित गरेका थिए । पुलिसले राष्ट्रिय फुटबल टिमका सदस्य रन्दिप पौडेललाई मैदानमा उतारेको थियो ।

यस्तै बुधबार भएको तेस्रो खेलमा संकल्पले नारायण दल गणलाई ट्राइबेकरमा ४–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा नारायण दलका धिरेन्द्र शाही, दिपक थापा र जग्दिश थारुले गोल गर्न चुक्दा पराजित भोग्नुपर्यो ।

नारायण दलको लागि सुनिल थारु, सुरेश थारु, लोकेश थापा र पुस्कार पौडेलले गोल गरे । संकल्पको लागि मुकुन्द न्यूरे, युनिस तामाङ, मनिष गुरुङ, बिशाल नेपाली र आयुष गुरुङले गोल गरेभने पासाङ तामाङ र भागवत चौधारीको प्रहार बाहिरिएको थियो ।

यस्तै, बुधबार नै भएको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई ट्राइबेकरमा पराजित गर्दै प्रर्पल हेज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय फुटबल टिमका सदस्य आयुष घलान सहित मैदान प्रवेश गरेको प्रर्पल हेज निर्धारित समयमा रुद्रेपिपलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

सुरुवातबाट आक्रमक खेलेको रुद्रेपिपलको लागि खेलको खेलको २३ औं मिनेटमा मिलन गिरीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा रुद्रेपिपलका सचिन गुरुङले आत्मघाति गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा सामभेल सुनारले गोल गर्दै प्रर्पललाई २–१ को अग्रता दिलाएपनि ४९ औं मिनेटमा रुद्रेपिपलका आयुष थापाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा प्रर्पल हेजले रुद्रेपिपललाई ४–३ गोलले पराजित गर्यो ।

पेनाल्टीमा रुद्रेपिपलका सचिन गुरुङको प्रहार गोलपोष्टमा लाग्दै बाहिरियोभने आयुष थापाको प्रहार प्रर्पलका गोलरक्षकले बचाएका थिए । रुद्रेपिपलको लागि आशिष गुरुङ, मिलन गिरी र रोशन थापा मगरले गोल गरे । प्रर्पलको लागि सुजल श्रेष्ठ, अजित गुरुङ, रोशन दोङ र अनिष महर्जनले गोल गरे ।

प्रतियोगिता अन्तरगत बिहिबार दुई खेल हुनेछ । बिहिबारको पहिलो खेल आदर्श विद्यामन्दिर र गुठी युनाइटेड विच हुनेछभने दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र प्रर्पल हर्ज विच हुने बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापाले बताए ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

कालीगण्डकी करिडोर अवरुद्ध

शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com