Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बिद्यामन्दिर पुस्तकालय बागलुङको अध्यक्षमा शर्मा

  • नेपाल सञ्चार
  • १२ महिना अगाडि

बागलुङ, ११ फागुन । नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६औँ साधारणसभा र ३७औँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयको अध्यक्षमा चयन गरेको छ । बाँकी समिति पछि चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले विद्यामन्दिर पुस्तकालय नेपालकै पुरानो सामुदायिक पुस्तकालय रहेको बताउँदै गण्डकी प्रदेशबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राणा शासनको निरंकुशताको बिरूद्वमा यस पुस्तकालयले शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण भुमिका खेलेको बताउँदै पुस्तकालयमा विभिन्न ब्यक्तित्वहरूको सहयोग र भुमिका महत्वपूर्ण रहेको मन्त्री पाठकले बताउनुभयो ।

कार्यक्रममा बिद्यामन्दिर पुस्तकालयका पुर्वअध्यक्ष एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ, पुर्व अध्यक्ष गंगादेवी कसजु, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले पुस्तकालयलाई समय अनुकूल पाठकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पुस्तकालयले स्थापना गरेको पुस्तकालयका संस्थापक स्वर्गीय ओम प्रसाद गौचन र मेघकुमार बैधबाट बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार देवबहादुर श्रेष्ठलाई सम्मान गरेको थियोभने पुस्तकालयका पुर्वअध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि मोहन स्मृति सम्मान पुस्तकालयका पूर्व अध्यक्ष गंगादेवी कसजूलाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुस्तकालयले १० वर्षपछि ‘झिल्का’ नामक पुस्तकको छैठौं अंक प्रकाशित गरेको छ । उक्त पुस्तकको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृृष्ण पाठकले विमोचन गर्नुभएको थियो । पुस्तकमा विद्यामन्दिर पुस्तकालयको स्थापनादेखि हालसम्मको जानकारी सहित जिल्लाका साहित्यकार र लेखकहरुको लेख प्रकाशित गरिएको छ ।

साधारणसभामा पुस्तकालयका सचिव राजन शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला कँडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

२००३ सालमा शिक्षाप्रेमी ओम प्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै आएको छ । पुस्तकालयको सहायक अंगको रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूको लागि खुला रहदै आएको अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १९ हजार भन्दाबढी हस्तलिखित लगायतका पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू आउने गर्दछन् ।

पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन शर्माले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com