बागलुङ १९ फागुन । जेसिसले आयोजना गरेको तेस्रो जेसिस कपको पहिलो खेलना बलेवा एफ सी विजयो भएको छ ।
पहिलो खेलमा बलेवा एफ सीले हाइकर्स युनाइटेड क्लबलाई ३-२ अन्तर गोल गरेर विजयी भएको हो ।
खेलको पहिलो हाफको तीस औ मिनेटमा हाईकर्स युनाइटेका सनम घर्तिले १ गोल गरेका थिए भने ३३ औ मिनटमा बलेवा एफ सीका रोशन थापा क्षेत्रीले एक गोल गरेका हुन
खेलको दोश्रो हाफमा हाइकर्स युनाइटेडका दिपलव भण्डारीले ५३ औ मिनटमा गोल गरेका थिए भने बलेवा एफ सीका बिबेक नेपाली ले ४८ औ मिनटमा र नबिन घर्तिले ५० औ मिनटमा गोल गरेका थिए ।
प्रतियोगिता मंगलबारको पहिलो खेल पहिलो साविक उपविजेता नेपाली सेनाको श्रीमेहर गणविरुद्व रुद्रेपिपल युवा क्लब र दोस्रो खेल पर्पल हेज÷एभिएमविरुद्व बागलुङ युनाइटेड विच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।










