बागलुङ,२३फागुन । बागलुङमा जारी तेश्रो जेसिस कपको उपाधिका लागि गुराँस गुठि एफ सी र बागलुङ सुधार केन्द्र फाइनल भिड्ने भएका छन्
आज भएको पहिलो गुराँस गुठि एफ सी र बलेवा एफ सीका बिचमा भएको खेलमा बलेव एफ सीलाई ३ गोल गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलमा मनिश श्रेष्ठले ३१ औ मिनटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल पनि श्रेष्ठले ४५ औ मिनटमा गोल गरेका थिए ।
तेश्रो गोल जेनिस प्रजापतिले ७३ औ मिनटमा गोल गरेका थिए ।
त्यस्तै गरि आज भएको दोश्रो खेलमा बागलुङ सुधार केन्द्रले पर्पल हेजलाई ४ का बिरुद्द ३ गोल गर्दै फाइनल प्रवेशा गरेको हो , खेलको ९० औ मिनटमा कुनै समुहले गोल नगरेपछि खेल पेनाल्टिमा पुगेको हो ।
पेनाल्टिमा बागलुङ सुधार केन्द्रका जर्सी नम्बर ११का सुनिल खड्का, २५ नम्बरका राहुल गुरुङ २१ नम्बरका प्रसन्न श्रेष्ठ र १७ नम्बरका सुशिल लामाले गोल गर्दै फाइनलमा पुगेको हो । भने पर्पल हेजका ९ नम्बरका बिकास परियार १० नम्बरका सबिन नेपाली र ३ नम्बरका क्ये ब्यफारले गोल गरेका हुन ।
२४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष शुसान्त कृष्ण श्रेष्ठले बताउनुभयो ।