Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भीमापोखरामा सहकारी शिक्षा

  • सुजन रेग्मी
  • ३ महिना अगाडि

बागलुङ, ३ चैत । काठेखोला गाउँपालिका–२ भीमापोखरामा शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गुहेंली सञ्चार सहकारी संस्था लिमिटेडले आयोजना र गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्राविधिक सहयोगमा सहकारीका शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिइएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सकारी रजिस्ट्रार कार्यालय पोखराका रजिस्ट्रार भेषराज रिजालले सहकारीमा सञ्चालकले आफुखुसी ऋण दिन नमिल्ने बताउनुभयो । उहाँले संचालकहरुले आफुखुसी ऋण दिँदा सहकारीको अवस्था विग्रिदै गएको बताउँदै ऋण लगेका शेयर सदस्यहरुले पनि समयमै ऋण तिर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले सहकारीहरुले सामाजिक उत्तरदायित्व वहन गरी सदस्यहरुको आर्थिक, सामाजिकि समस्या र समाधानका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला दुग्ध सहकारी संस्थाका अध्यक्ष दिपक गौतमले पछिल्लो समय सहकारीको भ्रम रहेको भन्दै शेयर सदस्यले सहकारी के कस्ता अवस्था छन् बुझ्न जरुरी रहेको बताउनुभयो । उहाले ऋणीहरुले समयमा नै ऋण तिर्नुपर्ने बताउँदै नतिरेमा कानुनको भागिदार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले बताउनुभयो ।

 

कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालयका पोखराका रजिस्ट्रार भेषराज रिजालले सहकारी कानुन सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियोभने शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारीता सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

गुहेंली सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिता हमालले स्वागत मन्तव्य, सचिव सुर्य थापा र प्रवन्धक प्रसाद थापाले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

लेखानीका कृषकलाई मौरीको घार वितरण

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

अग्रजसंग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रिया सम्पन्न

ताजा समाचार

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
लेखानीका कृषकलाई मौरीको घार वितरण
लेखानीका कृषकलाई मौरीको घार वितरण
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न
सम्बोधन परियोजनाको पत्रकारसंग अन्तरक्रिया कार्यक्रम
सम्बोधन परियोजनाको पत्रकारसंग अन्तरक्रिया कार्यक्रम
दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए
दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

ट्रेन्डिङ

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

बहिनी समूहलाई बाख्रा उपहार

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

कास्की जिल्ला अदालतले मेयर नेपालीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

दोश्रो आदर्श कप हुने

दोश्रो आदर्श कप सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com