बागलुङ , १४ चैत । नेपाल निजामती कर्मचारी युनियन बागलुङले नयाँ वर्ष २०८२को क्यालेन्डर बिमोचन तथा शुभकामनाको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रदेशले निजामती कर्मचारीहरुको हकहितका लागी विधेयक ल्याएको बताउनुभयो । उहाँले कर्मचारीका समस्यालाई समाधनका तर्फ आफू लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका सचिव टेकनारायण सुवेदी , , नेपाल निजामती कर्मचारी युनियनका प्रदेश महाधिवेशन प्रतिनिधि नारायण प्रसाद पौडेल नेपाल निजामती कर्मचारी युनियनका बागलुङका निवर्तमान आचार्य देव प्रकाश आचार्य, ,नेपाल निजामती कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदी ,जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिह गुरुङले नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तिमगरले शुभकमना व्यक्त गर्नुभएकाे हाे।
उहाँहरुले क्यालेन्डर प्रकाशित गरेर आर्थिक रुपमा सहयोग हुने बताउँदै संगठनले कर्मचारीहरुको हकहितका लागि काम गरेको बताउनुभयो । क्यालेन्डरमा मात्रमा फेरेर मात्र नभएर कर्मचारीका सोच पनि फेरिनुपर्ने उहाँहरुले बताउनुभयो । कर्मचारीले रुल मात्र नभएर रेस्पोसिब्लिटि नबिर्सन उहाँहरुले सुझाव दिनुभएकाे हाे।
कार्यक्रममा नव आगन्तुक जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिह गुरुङलाई स्वागत गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव प्रकाश घिमिरे अध्यक्षता ,उपाध्यक्ष बिनाराम डागीको स्वागत र सचिव सुजन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।