Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘पत्रकार लेखनवृत्ति कोष’मा सिवाईसी सहकारीको सहयोग

  • ८ महिना अगाडि

बागलुङ, २१ चैत ।नेपाल पत्रकार महासङ्घ, बागलुङले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’मा बागलुङस्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. १५ हजार सहयोग गरेको छ । सहकारीको १६औँ स्थापना दिवसको अवसर पारेर संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले उक्त रकम महासङ्घका अध्यक्ष राम थापा ‘अविरल’लाई हस्तान्तरण गर्नुभयो ।

सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घको कोषमा सहयोग गरिएको उहाँले बताउनुभयो । पत्रकार महासङ्घसँग विगतदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै अध्यक्ष शर्माले आगामी दिनमा पनि जिल्लाको पत्रकारिताको उत्थानका लागि सहकारीले हातेमालो गर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष थापाले शुभेच्छुक सङ्घसंस्था र जनस्तरको सहयोगमा उक्त कोष निर्माण गर्न लागिएको बताउनुभयो । रु. दस लाख बराबरको उक्त कोषबाट खोजमुलक समाचार लेख्ने जिल्लाका दुई पत्रकारलाई बर्सेनि रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने उहाँको भनाइ छ ।

समाजका ज्वलन्त मुद्दामा गहन खोज तथा अनुसन्धान गरी समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने महासङ्घले जनाएको छ । महासङ्घको वर्तमान नेतृत्वको पहिलो बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा हालसम्म रु. पाँच लाख बढी सङ्कलन भइसकेको महासङ्घका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो ।

“कोषमा स्वतःस्फूर्त रुपमा सहयोग जुट्ने क्रम जारी छ, पत्रकारहरु आफै पनि यो अभियानमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो, “कोषमा लक्षित रकम जम्मा भइसकेपछि कार्यविधि बनाएर लेखनवृत्ति कार्यक्रमलाई कार्यान्वयनमा लैजान्छौँ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com