बागलुङ , २६ चैत ।‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।
ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगितामा गलकोटले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा जित निकाल्दै उपाधि चुमेको हो ।
सोमबार भएको फाइनल खेलको पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१८ ले जित्यो । गलकोटले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधी चुम्यो ।
आइतबार सम्पन्न सेमिफाइनलमा गलकोट नगरपालिकाले सिद्दार्थ चश्मा घर कुश्मा नगरपालिकालाई र जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका थिए ।
उपाधि जितेको गलकोटले २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता जैमिनीले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सेमीफाइनल खेलेका काठेखोला गाउँपालिका र सिदार्थ चश्मा घर कुश्मा नगरपालिकाले समान २५ हजारको दरले प्राप्त गरेको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।