बगलुङ ,जेठ १ । नेपाल प्रेस युनियन बागलुङको आयोजनामा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला सम्पन्न गरेको छ ।
बुधबार बागलुङ स्थित कालिका भगवति मन्दिरको परिसरमा नेपाल प्रेस युनियनमा आवद्ध केन्द्रिय तथा प्रदेशका पदाधिकारीलाई उपस्थितिमा कार्यक्रम गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले हामि सँग अत्याधिक मात्रमा पर्यटकिय गन्तव्य रहेको तर सही सदुपयोग गर्न नसकिएको बताउनुभएको छ ।
नगरप्रमुख श्रेष्ठले प्रेस युनियन बागलुङले गरेको कामको प्रशंसा गर्दै युनियनले नयाँ ईतिहास लेख्ने काम गरेको प्रतिक्रिया दिनुभयो ।
“जव सम्म कुनै पनि चिज लाई पैसामा रुपान्तरण गर्न सकिदैन त्यसको महत्त्व हुदैन,गंगाको जलको कति गुनगाँन गाएर बस्ने,बालुवाको कति गुनगान गाउने, शालिग्रामको कति गनुगान गाउने त्यसलाई पैसाको रुपमा विकास गर्न सक्नु पर्छ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बागलुङ पर्यटकिय हिसावमा निकै अब्बल जिल्ला रहेको हुँदा यसको सदुपयोग गर्न सक्नु पर्ने बताउभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष जीवन भन्डारी,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य,कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा प्रेस युनियन बागलुङका पुर्वअध्यक्ष नरेश कँडेलले बागलुङको पर्यटन सम्भावना र चूनौती विषयको कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष सुवास आचार्यको स्वागत,अध्यक्ष संगम घर्तिको अध्यक्षता र सचिव डम्वर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसै बीच पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो । लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त सुझावका आधारमा घोषणापत्र जारी गरिएको अध्यक्ष शिव लम्सालले बताउनुभयो ।
सम्मेलनले समावेशी, दिगो तथा वातावरणमैत्री विकासको माग गरेको छ । जलवायु परिवर्तनबाट जोगिन राजनीतिक क्षेत्रको समेत साथ खोजिएको छ । ‘जलवायु संकट यस क्षेत्रको प्रमुख एजेन्डा हो ।
त्यसैले यहाँका राजनीतिक दलहरूले राजनीतिक तहमा जलवायु संकटलाई सम्बोधन गर्न प्राथमिकता दिनुपर्छ र ऐक्यबद्धता व्यक्त गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । कोरला नाकाको सहज सञ्चालन तथा कालिगण्डकी करिडोरको निर्माण छिटो सम्पन्न गर्न सम्मेलनले संघ सरकारसँग आग्रह गरेको छ भने मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवर जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि ध्यानाकर्षण गराइएको छ । सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटका विषयमा छलफल चलाइएको थियो ।
Sent 28m ago
Enter