बागलुङ, ६ जेठ । बागलुङ नगरपालिकालाई पुर्णखोप सुनिस्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
कार्यक्रमको उद्धाटन गर्दै गण्डकी प्रदेशका पुर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापाले स्वास्थ्यकर्मीले पारिस्रमिक भन्दा पनि स्वास्थ्य क्षेत्रमा सहयोग गरेको बताउँदै प्रदेश सरकारले सहयोग गर्ने बताए । स्वास्थ्य क्षेत्र संबेदनशिल क्षेत्र भएकाले स्वास्थ्यकर्मी पनि संबेदनशिल हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वमसेविका कल्पना श्रेष्ठ ,नारायनथान स्वास्थ्य शाखाका ऋषिराम शर्मा , प्रदेश जनस्वास्थ्य शाखाका खोप सुपरभाइजर राजु खत्री, बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम ,बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शुभकामना व्यक्त गरेका थिए । स्वास्थ्यकर्मीले समयमा नै खोप लगाउदा मात्र पुर्ण खोप सुनिस्चिततता र दिगोपना नगरपालिका घोषणा गर्न पुगेको उनीहरुले बताए । स्वास्थ्य क्षेत्रमा दुर्दराजमा रहेका नागरिकलाई प्रथिमिकतामा राखेर काम गरेको उनीहरुले बताए ।
कानुन र स्थानिय श्रोत र साधनको कम भएकाले स्थानिय तहमा काम गर्न सजिलो नभएको उनिहरुले बताए । कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुने गरि आगामी दिनमा काम गर्न उनीहरुले सुझाव दिएका थिए । आगामी नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीका गुनासालाई स्थानिय श्रोत र साधनले थेग्ने गरि समेट्ने उनीहरुको भनाइ थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठको अध्यक्षता ,नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद शर्माको स्वागत र नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
माघ महिना देखि सर्वेक्षण गर्दा बैषाख ३१ गते सम्म १६ महिमा देखि २४ महिनाका ४४९ जना बालबालिकालाई खोप लगाइएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।
बागलुङ नगरपालिका भित्र १५ महिनाका बालबालिका ६६३ जनालाई खोप लगाईरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।