Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लेखानीका कृषकलाई मौरीको घार वितरण

  • सुजन रेग्मी
  • ३ दिन अगाडि

बागलुङ, १८ जेठ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका कृषकलाई ज्ञानसहित गोला सहितको मौरीको घार वितरण गरिएको छ ।

संघीय सरकारको ससर्त कार्यक्रम अनुसार नयाँ मौरी पकेट विकास कार्यक्रम अन्तरगत लेखानीका ४३ जना कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले जानकारी दिनुभयो । उहाँले संघिय सरकारको १२ लाख ससर्त अनुदानमा ५० प्रतिशत अनुदान सहित ४३ थान मौरीका गोलासहितको घार वितरण गरिएको बताउनुभयो ।

लेखानी मौरीपालन कृषकका लागि उपयुक्त रहेकोले कृषकहरुलाई तालिम सहित मौरीघार वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताउनुभयो । उहाँले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको बताउनुभयो ।

उपाध्यक्ष थापाले लेखानी मौरीपालनको उपयुक्त सम्भावना रहेकोले कृषकलाई मौरीपालन व्यवसायमा आवद्ध गराउन खोजिएको बताउनुभयो । ‘लेखानीमा मौरीपालनको लागि उपयुक्त सम्भावना देखिएको छ,’ उहाँले भन्नुभयो,‘यहाँका कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित मौरीपालन व्यवसायमा आवद्ध गराउन तालिमसहित मौरीका घार वितरण गरिएको हो ।’

लेखानीका कृषक समुहमा आवद्ध रहेका कृषकहरुलाई मौरी घार वितरण गरिएको काठेखोला गाउँपालिका कृषि विकास शाखाका प्रमुख अग्नी कँडेलले जानकारी दिनुभयो । उहाँले समुहमा आवद्ध रहेका कृषकहरुलाई मौरी पालनसम्बन्धी तालिम दिएर गोलासहितको मौरीघार वितरण गरिएको बताउनुभयो । काठेखोला गाउँपालिकाले मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अन्य वडाका कृषकहरुलाई पनि मौरीघार वितरण गर्दै आएको छ ।

मौरीपालन कार्यक्रमले कृषिमा लाग्न उत्साह पैदा गरेको स्थानीय कृषक टेक बहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकाले व्यवसायिक कृषकको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि प्राप्त गर्न कार्यक्रम संचालन गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिकाले लेखानीमा दुईचरणमा ६३ जना कृषकलाई मौरीपालन सम्बन्धी तालिम संचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

लेखानीका कृषकलाई मौरीको घार वितरण

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

ताजा समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
लेखानीका कृषकलाई मौरीको घार वितरण
लेखानीका कृषकलाई मौरीको घार वितरण
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

ट्रेन्डिङ

बहिनी समूहलाई बाख्रा उपहार

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

दोश्रो आदर्श कप हुने

दोश्रो आदर्श कप सुरु

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

अग्रजसंग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com