Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, २० जेठ । दोस्रो संस्करणको आदर्श कप एसइइ स्तरीय फुटवल प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ स्कुल र छात्रातर्फ आदर्श बिद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ ।

आदर्श स्पोर्टस क्लब बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा छात्रतर्फ डिफेन्डिङ च्याम्पियन आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ०–१ गोलअन्तरले पराजित गर्दै चिल्ड्रेन लाइफले उपाधि जितेको हो ।

रिदिस क्षत्रीले दोस्रो हाफको चौथो मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । रिदिसले फिकिक मार्फत सुन्दर गोल गरेका थिए ।

छात्रतर्फको च्याम्पियन बनेको चिल्ड्रेन लाईफले रु ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता आदर्श विद्यामन्दिरले ३७ हजार पाँच सय रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता आदर्श विद्यामन्दिरका सुझाव बानियाँ घोषित भएका छन् । यस्तै चिल्ड्रेन लाईफका क्यारोन पुन उत्कृष्ट गोलरक्षक, प्रतिक थापा उत्कृष्ट मिडफिल्डर, विशाल थापा उत्कृष्ट स्ट्राइकर र निशान बुढा उदयमान खेलाडी र आदर्श विद्यामन्दिरका युकेन खत्री उत्कृष्ट डिफेन्डर घोषित भए । होलिचाइल्ड बोडिङ अनुशासित टिम बनेको छ ।

यस्तै पहिलो पटक आयोजना गरिएको छात्रातर्फको खेलमा आदर्श विद्यामन्दिरले न्यू ओयसिस एकेडेमीलाई ट्राइबेकरमा २–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टीमा आदर्शको लागि कट्रिना रोका र स्मृती शेरचनले गोल गरेभने जियाना दिन मियाँ, मोनिता पुन र यमन दिन मियाँ गोल गर्न असफल भए । न्यू ओयसिसको लागि आयुषा आलेले गोल गर्दा स्मारिका श्रेष्ठ, रस्मी थापा, ममता क्षेत्री र प्राप्ती अर्याल गोल गर्दा असफल भए ।

छात्रा तर्फको च्याम्पियन बनेको आदर्श विद्यामन्दिरले रु ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता न्यू ओयसिसले १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रा तर्फ आदर्श विद्यामन्दिरकी यमन दिन मियाँ सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । यस्तै आदर्शकी सन्ध्या थापा उत्कृष्ट गोलरक्षक, जियाना दिन मियाँ उत्कृष्ट मिडफिल्डर, आरजु सुवेदी उदयमान खेलाडी र न्यू ओयसिसकी आयुषा आले उत्कृष्ट डिफेन्डर र प्राप्ती अर्याल उत्कृष्ट स्ट्राइकर घोषित भए । छात्रातर्फ धौलागिरी आवासिय माध्यमिक विद्यालय अनुशासित टिम घोषित भयो । उत्कृष्ट प्रशिक्षक आदर्शका अनुप पाण्डे घोषित भए ।

प्रतियोगितामा छात्रतर्फ बागलुङ जिल्लाका १४ विद्यालयका १६ टिम र छात्रातर्फ ७ विद्यालयले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com