Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • १ वर्ष अगाडि

बागलुङ, ३० जेठ । बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
दशवटै पालिकाका सबै बालबालिकाहरुले पूर्ण खोप लगाएपछि बागलुङलाई जिल्ला घोषणा गरिएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले खोप अभियान दिगोपना महत्वपूर्ण विषय भएकाले यसलाई कायम राख्न तीनै तहका सरकार हातेमालो गरी अघि बढ्नुपर्नेमा बताए ।
बालबालिकालाई तोकिएको समयमा खोप दिनुका साथै पोषणयुक्त खानाको प्रबन्धले मात्र स्वस्थ्य राख्न सकिने भएकाले त्यसतर्फ सजग रहन मन्त्री पाठकले आग्रह गरे ।

 

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अस्पतालहरुको स्तरोन्नति र पालिका स्तरीय अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याउने कामको थालनी भएको बताउँदै मन्त्री पाठकले स्तरोन्नति गरिएका अस्पताललाई दक्ष जनशक्ति, पर्याप्त उपकरण र पूर्वाधार सम्पन्न बनाई जनतालाई स्थानीयस्तरमै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार डटिरहेको बताए । उनले धौलागिरि प्रादेशिक अस्पताललाई एक सय शैयामा स्तरोन्नति गरिएसंगै यसै वर्षदेखि नर्सिङ विषयको पढाई शुरु गरिने जानकारी दिए ।

धौलागिरि अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने प्रदेश सरकारको दीर्घकालिन योजना रहेको पाठकले सुनाए । ‘‘प्रदेशमा आवश्यक जनशक्ति आपूर्ति गर्न धौलागिरि अस्पतालमा नर्सिङ, गोरखा अस्पतालमा एचएको पढाउने काम यसै वर्षबाट शुरु गर्नेगरी बजेटको समेत व्यवस्था गरिएको छ’’ मन्त्री पाठकले भने ।
आगामी वर्ष नवलपुर अस्पतालमा प्राविधिक शिक्षाको पठनपाठन हुने गरी काम समेत अघि बढिसकेको मन्त्री पाठकको भनाई थियो । आधारभूत जनतामा केन्द्रित रहेर प्रदेशको बजेट तयार भएको जानकारी दिँदै पाठकले बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्ने बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेका अनुसार, ताराखोला गाउँपालिकाका १६ देखि २३ महिनाका ७०, बरेङका ५ सय ९, काठेखोलाका २ सय ७, बडिगाडका ३ सय ५५, निसीखोलाका ३ सय ७७ र तमानखोला गाउँपालिकाका १ सय १४, बागलुङ नगरपालिकाका ४ सय ५९, जैमिनीका २ सय २६, गलकोटका ३ सय २७ र ढोरपाटन नगरपालिकाका ४ सय ५४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

यस्तै, ताराखोलाका शुन्यदेखि १५ महिनाका १ सय २३, बरेङका १ सय ३६, काठेखोलाका २ सय २७, बडिगाडका ४ सय ४०, निसीखोलाका ४ सय ५२, तमानखोलाका १ सय ६३, बागलुङ नगरका ६ सय ६३, जैमिनीका ३ सय १३, गलकोटका ४ सय २७ र ढोरपाटनका ६ सय ८ जना बालबालिकाले नियमित खोप लगाइरहेको घिमिरेले जानकारी दिए ।

कार्यक्रममा पूर्ण खोप अभियानमा उत्कृष्ट कार्य गर्ने दश पालिकाका दश जना स्वास्थ्यर्कर्मी र स्वास्थ्य संस्थालाई समेत सम्मान गरिएको थियो ।
यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका १३ देखि २३ महिनाका ३ हजार ९८ जना बालबालिकाले पूर्ण खोप र शुन्यदेखि १५ महिना उमेर समूहका ३ हजार ५ सय ५२ जना बालबालिकाले खोप लगाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com